© २०२३
बुटवल, १५ वैशाख ।
रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवको २४८ औं साप्ताहिक नियमित बैठकको अवसर पारेर स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हा् । बैठकमा नाक, कान, घाँटी रोग विशेषज्ञ ईएनटी सल्लाहकार डा. प्रकाश बस्नेतले स्वास्थ्य सचेतना प्रदान गरेको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए
त्यस अवसरमा डा. बस्नेतले मानिसमा देखिने नाक, कान र घाँटी सम्बन्धी समस्या, यसले स्वास्थ्यमा पर्ने प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएका थिए । पुर्व सचेतना र सावधानी अपनाउन सके नाक, कान र घाँटी सम्बन्धी समस्याबाट मुक्ति पाउन सकिने डा. बस्नेतले बताए ।
स्वास्थ्यको बारेमा जागरूकता जगाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले बताए । क्लवले विभिन्न समयमा रक्तदान, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतनालगायतका सामाजिक र रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको उहाँले बताउनुभयो ।