ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

पूर्वाधारसँगै मानसिक स्वास्थ्य सेवा जरुरीः मन्त्री सारु

१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

गुल्मी, १५ वैशाख ।

जिल्लाको चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति पालिका घोषणा गरिएको छ । चन्द्रकोट गाउँपालिकाले मातृ तथा नवजात मृत्यु न्यूनीकरण गर्ने उद्देश्यका साथ पालिकालाई पूर्ण संस्थागत प्रस्तुति सेवा युक्त पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रम अनुसार चन्द्रकोटमा रहेका सबै वालवालीकालाई खोप दिए पश्चात चन्द्रकोट गाउँपालिकाकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

गुल्मीको चन्द्रकोट गाउँपालिका लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह मध्ये पूर्ण संस्थागत प्रसुतियुक्त गाउँपालिका घोषणा हुने प्रदेशको २० औं र गुल्मीको पाचौं गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार अहिले नेपालमा प्रति लाखमा १ सय ५१ र लुम्बिनी प्रदेशमा प्रति लाखमा २ सय ७ जना आमाको प्रसुतीकै क्रममा मृत्यु हुने गरेको छ ।
चन्द्रकोट गाउँपालिकाले १ वर्षमा प्रसुति गराएका १ सय ९० जना गर्भवती महिला मध्ये सय प्रतिशत अर्थात १ सय ९ जनाले नै स्वास्थ्य संस्थामा पुगेर प्रसुति गराएको, स्वास्थ्य प्रोटोकल अनुसार ४ पटक गर्भजाँच गराउने महिलाको संख्या ९७ दशमलब ८९ प्रतिशत र ३ पटक प्रसुती जाँच गराउने महिलाको संख्या ९८ दशमलब ९४ प्रतिशत पु¥याएर घरमा र बाटोमा प्रसुति गराउने गर्भवती महिलाको संख्या सुन्य बनाएपछि पालिकालाई पूर्ण संस्थागत सेवायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताए । उनले पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त बनाउन ६ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर बनाउनुका साथै सबै टोलबस्तीमा सुरक्षित मातृत्व सम्बन्धी सचेतना कार्यक्रम अभियान समेत निरन्तर चलाईएको बताए ।

घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सामाजिक र मानसिक स्वास्थ्य सेवाको पनि विस्तार गर्नु जरुरी रहेको बताएका छन । आइतवार पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गर्दै अब नागरिकको स्वास्थ्य जिवनका लागि सामाजिक, मानसिक र भावनात्मक स्वास्थ्य सेवा पनि सुधार गर्नु अनिवार्य रहेको बताए । मन्त्री सारुले समाजमा निराशा र मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारले पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन ।

मन्त्री सारुले प्रदेश सरकारले प्रति लाखमा ज्यान गुमाउने २ सय ७ आमाको संख्या आगामी वर्ष ७० मा झार्ने गरी कार्यक्रम बनाईरहेको र यसलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताए । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा पूर्वाधार निर्माण भन्दा सामाजिक स्वास्थ्य सेवामा बजेटलाई प्राथमिकता दिने मन्त्री सारुको भनाई छ । घोषणा कार्यक्रममा गुल्मी जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, गुल्मीदरवार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, चन्द्रकोट गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, वडा अध्यक्षहरू फणिन्दराज अर्याल, घनश्याम खरेल लगायतले चन्द्रकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुतीयुक्त गाउँपालिका घोषणालाई निरन्तर रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?