Butwal Today

सुनको मूल्य तोलामा १४ सयले घट्यो

१५ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं,१५ वैशाख।

 आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य रु १,४०० ले घटेर प्रतितोला रु १,८८,३०० पुगेको छ। हिजो यो रु १,८९,७०० मा कारोबार भइरहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी रु २० ले घटेर प्रतितोला रु १,९७० मा झरेको छ। हिजो यसको मूल्य रु १,९९० थियो।

लगातार बढ्दो वैश्विक बजार उतारचढावसँगै नेपाली बजारमा समेत धातुको मूल्यमा चञ्चलता देखिन थालेको छ।