ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

डुबान रोक्न धनेवा खोलाको बाँध उचाई बढाउन शुरु

१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

नवलपरासी, १५ बैशाख ।
जिल्लाको सरावल गाउँपालिकाले डुबान नियन्त्रण गर्न बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार डुबान क्षेत्रको कारक धनेवा खोलाको तटबन्ध निर्माणमा काम थालेको छ । डुबान रोक्न आफै अग्रसरता देखाउँदै पालिका स्तरबाटै लगानी गरी धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेको हो । नेपाल गण्डक पश्चिम नहर सिंचाई ब्यवस्थापन कार्यालय सेमरीलाई धनेवा खोला बाढी नियन्त्रणका लागि समन्वय गरिदिन भन्दै बैशाख ७ गते पत्राचार गरी अहिले बाँध अग्लो बनाउने कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उक्त धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ । गाउँपालिकाका अनुसार डिपिआर अनुसार एकै पटक नभएपनि क्रमशः थोरै थोरै लगानी गरि काम गर्दै जाने लक्ष्य अनुसार काम अगाडी बढाइको छ । विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरूको आश्वासन मै सिमित छ । जिल्लाको सरावल गाउँपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् ।

धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउँपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउँपालिका अध्यक्ष शुखाडी चौधरीले जानकारी गराए । संघ र प्रदेशसँग डुबान क्षेत्रका काम गर्ने आश गर्न सकिन्छ, उनले भन्ने तर भरोस गर्न सकिन्न । डुबानको बेला संघीय साँसद र प्रदेश साँसद लगायत मुख्यमन्त्री र मन्त्रीहरूले समेत आश्वासन दिन पछि पर्दैनन्, तर त्यो आश्वासन जनताको आँखामा छारो हाल्ने मात्रै देखियो । गाउँपालिका जनताको सबै भन्दा नजिकको सरकार हो, उनले भने, तर साधन स्रोत न्युन भएको सरकार पनि हो । जनताको समस्यालाई थोरै थोरै भए पनि सम्बोधन गर्दै लैजाने सोच अनुसार अहिले काम थालिएको उनको भनाइ थियो ।

खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको थियो । संघ र प्रदेश सरकारले बजेट विनियोजन नभए पछि सो डिपिआर अनुसारको काम नहुने गाउँपालिकाको भनाई छ । यस क्षेत्रको भ्रमण प्रदेशसभा सदस्य देखि संघिय साँसद र पूर्व मन्त्रीहरूले समेत स्थलगत अवलोकन गर्न आउने र अगामी बर्षमा यसको निकास निकल्ने आश्वासन दिदै आएको पुनरावृति यस बर्ष पनि भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गुनासो गरे । गाउँपालिकाको सिमिति बजेटले सो डुबान नियन्त्रण गर्ने कार्य सम्भवन छैन्, उनले भने,प्रदेश र संघले बजेट छुट्टयाई दिईदैन् । वास्तविक लागत र काम गर्नको लागि यथार्थ मार्गचित्रका लागि गाउँपालिकाले डिपिआरसम्म गराई दिइएको छ, उनले थपे, सो डिपिआर प्रदेश र संघ दुबै प्रदेशका साँसदलाई उपलब्ध गराइएको छ ।

तर विगत तीन दशक देखि उपेक्षामा रहेको उक्त डुबान क्षेत्र यस बर्ष पनि उपेक्षामै परेको देखियो । यसले डुबान क्षेत्रका जनतालाई निराश बनाएको छ । विगत तिन दशकदेखि धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानीयले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको छैन्,गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाइएको थियो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने थियो ।

सरावल गाउँपालिकालाई दुई वटा संघीय निर्वाचन क्षेत्र जोडेको हुँदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रूपमा सरावलका जनताले मतदान गरेका छन् । संघीय सरकारबाट बजेट ल्याउनका लागि दुबै जना सांसदले पहल गर्नुपर्ने हो । दुई जना प्रदेश साँसदले पनि पहल गर्नु पर्ने हो, तर त्यहाँबाट पनि धनेवा खोला ब्यवस्थापनका लागि पहल हुन सकेको छैन् । गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर, लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो, तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए । त्यसै गरी डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउँपालिकाका केही क्षेत्र पर्ने अर्को क्षेत्रका प्रदेश साँसद देवकरण कलवार पनि छन् ।

धनेवा खोलाको अधिकाँस भाग सरावल गाउपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर, पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारततर्फ प्रवेश गरेको छ । विगत बर्षमा खुल्ला रूपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परेपछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरूको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरू बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो, त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहँुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?