© २०२३
बुटवल, १४ बैशाख ।
रूपन्देहीको सैनामैनाकी सरस्वती भण्डारीलाई माता तीर्थ औसी कहिल्यै पनि नआए हुन्थ्यो जस्तो लाग्छ । आमाले संसार छाडेको लामो समय भई सक्दा पनि पीडा ताजै छ उनलाई । दिनदिनै आमाको अभाव महसुस भईरहने भण्डारीलाई यो पर्वले अझै मन भारी बनाउँछ । सबैले आमाका लागि मिठा मिठा खानेकुरा र उपहार किनेको देख्दा मन भारी हुन्छ उनी भन्छिन् यो पर्वले पीडा माथि पीडा दिन्छ मलाई निको हुन लागेको घाउ फेरी बल्झिन्छ । तर पनि म आमाको सम्झनामा मन्दिर जान्छु पूजा गर्छु आमाको आत्माको शन्तिको कामना गर्दै यो पर्व आमाको सम्झनामा बिताउँछु ।
नवलपरासीको भुताहाका प्रकास भट्टराईलाई आमाको धमिलो सम्झना मात्रै बाँकी छ । सानैमा आमासँगै लामो समय नबिताए पनि आमाको चित्र मनमा लिएर जीवनलाई सार्थक बनाउन अगाडि बढेको प्रकाश बताउँछन् । उनलाई आमाको न्यायो मायामा मात्न नपाएकोमा गुनासो छ । आमाले गरेको गाली सुन्न नपाएकोमा पछुतो छ । तर पनि प्रत्येक वर्ष आउने मातातीर्थ औंसीमा आमाको सम्झना गरेर बिताउने गरेको छ । यो दिन आमाको नाममा बिताउछु । आमाका लागि उपहार, मिठा–मिठा खानेकुराहरू किन्न खुवाउन नपाए पनि उहाँ सक्झना हाम्रो परम्परा अनुसारको तिथिलाई सम्झन्छु । त्यसैले पनि यो दिन मेरा लागि महत्वपुर्ण छ ।
सुनवलकी शरदा भट्टका लागि यो वर्ष माता तिर्थ औसी उत्सवका रूपमा छैन । उनले गतवर्ष मात्रै आफनी आमा गुमाए र पिडामा छिन् । यो वर्ष निके नरमाईलो लागेको छ । विगतका वर्ष आमाका लागि किन्ने गरेर सामानहरूले यो वर्ष आफुलाई गिजाएको जस्तो महसुस भएको छ । अरूले आमाका लागि सरसामान किन्दा पनि मन अमिलो छ । आमा गुमाउनु जीवनमा सबैभन्दा ठूलो पीडा रहेछ । भट्ट भन्छिन् पहिले हामीले गर्न सकेनो अहिले गर्न सक्ने हुदा आमा हुनु हुन्न । तर पनि आमा सधै मनमा बसिरहने पवित्र सम्बन्ध हो जस्लाई हटाउन खोजेर चाहेर कहिल्यै हटाउन नसकिने सम्बन्ध हो ।
हिन्दू परम्परा अनुसार यो पर्व बैशाख महिनामा आउने नयाँ चन्द्र पक्ष वा पूर्णिमाको दिनमा मनाउने गरिन्छ । पछिल्लो समयमा यो दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा चिन्न थालिएको छ । यो दिन विशोष पर्व जस्तै गरी मनाउन थालिएको हो । मातातीर्थ औशीलाई पछिल्लो पुस्ताले पनि ‘मदर्स डे’ भनेर विशोष रूपमा मनाउन थालिएको छ । आमाका लागि महङ्गा उपहार दिने मिठा मिठा खानेकुराहरू दिएर सम्मान गर्ने प्रचलन बढिरहेको छ । यसले पनि आमाप्रति गर्ने सम्मान बढेको देखिन्छ । आमाले नौ महिना सम्म गर्भमा राखेर सन्तान जन्माउँछिन् । हरेक दुःख कष्ट सहेर बच्चाको खुशीका लागि सबै आमाहरू आफना खुशी र रहर मारेर सन्तानको खुशी रमाउन सक्ने शक्ति आमामा हुन्छ त्यसैले पनि आमालाई महान मानिएको हो ।
आमाविना सृष्टि र संसारको कल्पनासम्म गर्न सकिँदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी–नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् त्यसैले पनि आमालाई महान् मानेर हिन्दू संस्कृतिमा भनिएको छ ।
आमा भन्ने शब्द मानवमा मात्रैे होईन अन्य प्राणीमा समेत आमाको माया र ममता हुन्छ ।
उनीहरूले पनि आफना सन्ताका लागि निकै जोखिमहरू उठाएका हुन्छ् । यो दिनमा विभिन्न स्थानमा रहेका पोखरीहरू, नदीहरूमा आफना दिवंगत आमाहरूको सम्झना गर्दै स्नान गरी तर्पण गर्ने सन्तानको माताले मोक्ष प्राप्ति र परिवारमा समृद्धि ल्याउने जनविश्वास रहेको छ । साथै आजको दिनमा शिक्षादान गर्ने गुरुआमालाई र गुरुकी पत्नीलाई पनि आमाको रूपमा पुज्ने प्रचलन रहेको छ । आमा जस्ले गर्भबाट नै सनतको चिन्ता र मायाको महसुस गर्न सक्दछिन् । जिवन र मृत्युको लडाइँमा प्रसब पीडा पनि सन्तान प्राप्तीसँगै सामान्य महसुस गर्न सक्नु नै आमा हुनु हो ।