ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

रूपन्देहीमा सरकारी इन्जिनियरिङ क्याम्पसको आवश्यकता र चुनौती

१४ बैशाख २०८२, आइतबार
१४ बैशाख २०८२, आइतबार

जब विज्ञान र कल्पनाको संगम हुन्छ, त्यहीँबाट जन्म लिन्छ इन्जिनियरिङ । यो एक यस्तो यात्रा हो जसले विचारलाई संरचनामा, सम्भावनालाई यथार्थमा र समस्यालाई समाधानमा रूपान्तरण गर्छ । इन्जिनियरिङ शिक्षा केवल कितावको पानामा सीमित ज्ञान होइन । यो मानव आवश्यकताको गहिरो अध्ययन र त्यसलाई साकार बनाउने कुशलता हो । इन्जिनियरिङले सिर्जनशील सोच, विश्लेषणात्मक क्षमताको विकास र राष्ट्रनिर्माणमा प्रत्यक्ष योगदान दिन्छ ।

आजको प्रविधि–निर्भर युगमा इन्जिनियरिङ शिक्षा जागिर पाउने माध्यम मात्र होइन, राष्ट्रनिर्माणको मेरुदण्ड हो । यो शिक्षाको सहज पहुँच, गुणस्तर र क्षेत्रीय सन्तुलनले दीगो विकासमा निर्णायक भूमिका खेल्दछ । यसै सन्दर्भमा, नेपालकै एक महत्त्वपूर्ण, औद्योगिक र शैक्षिक सम्भावनाले भरिएको जिल्ला रूपन्देहीमा आजसम्म एकवटा पनि सरकारी इन्जिनियरिङ क्याम्पस नहुनु दुःखद मात्रै होइन विडम्बना हो । रूपन्देही, लुम्बिनी प्रदेशको प्रमुख जिल्लाको केन्द्र हुनुका साथै, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौतिक दृष्टिले अत्यन्त समृद्ध छ ।

बुद्धको जन्मभूमिको पहिचान बोकेको यस जिल्लाले पछिल्लो दशकमा औद्योगिक र शहरीकरणको तीव्र गति लिएको छ । बुटवल, भैरहवा, तिलोत्तमा, सैनामैना, देवदहुँदै सम्पूर्ण रूपन्देही शहरीकरण विस्तारसँगै पूर्वाधार निर्माणका दर्जनौं आयोजना अगाडि बढिरहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, स्मार्ट सिटी योजना, पूर्वपश्चिम मार्गको विस्तार, सिद्धबाबा सुरुङमार्ग, तिनाउ–कालीगण्डकी डाइभर्सन, विशेष आर्थिक क्षेत्रहरू र मोतीपुर औद्योगिक क्षेत्र जस्ता योजनाले यो क्षेत्रलाई राष्ट्रिय विकासको बिकास केन्द्र बनाइसकेको छ । यस्ता परियोजनाहरू सफल कार्यान्वयनका लागि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता अत्यन्तै महत्वपूर्ण छ ।

तर स्थानीय जनशक्तिलाई तयार पार्ने शैक्षिक पूर्वाधार—सरकारी इन्जिनियरिङ क्याम्पसको अभावले यो सम्भावनालाई धरासायी बनाइरहेको छ । रूपन्देही जिल्लामा नेपालकै उत्कृष्ट माध्यमिक विद्यालय (१–१२)मा विज्ञान तथा प्राविधिक धारमा पढाइ हुन्छ । मात्र बुटवल क्षेत्रमै हरेक वर्ष हजारौं विद्यार्थी विज्ञान विषयमा अध्ययन ती मध्ये सयौं विद्यार्थीहरू डिप्लोमा अध्ययन गर्छन् । यस्तै, रूपन्देहीसहित लुम्बिनी प्रदेशका जिल्लाहरू कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मीका साथै अन्य धेरै जिल्लाका विद्यार्थीहरूले बुटवल क्षेत्रलाई उच्च शिक्षाको गन्तव्य बनाउँदै आएका छन् ।

यस्ता शैक्षिक सम्पदा हुँदाहुँदै यहाँ सरकारी इन्जिनियरिङ क्याम्पस नहुनु केवल प्रशासनिक लापरवाही होइन, नीतिगत कमजोरी पनि हो । परिणामतः यहाँका हजारौं विद्यार्थीहरूमध्ये केही विद्यार्थी उच्च शुल्क तिरेर निजी क्षेत्रबाट सञ्चालित उच्च तहको पढाइ हुने क्याम्पस एउटामात्र हुनका साथै सिमित विषयमा मात्रै पढाइ हुनु, विद्यार्थीको रोजाईको विषय, रोजाइको क्याम्पसमा पढ्न नपाउनु, रोजाईको लागि राजधानी वा विदेश पलायन हुनुपर्ने अवस्था छ । पलायन भएको सक्रिय उमेर समुह नेपाल नफर्कनु राज्यको लागि ठूलो घाटाको विषय हो ।

इन्जिनियरिङ शिक्षाले उत्पादन गर्छ–पुल बनाउने, सडक खन्ने, सूचना प्रणाली बनाउने, स्मार्ट सिटी व्यवस्थापन गर्ने, जलविद्युत् योजना डिजाइन गर्ने, उद्योग सञ्चालन गर्ने, साइबर सुरक्षामा दक्ष युवाशक्ति । त्यसैले इन्जिनियरिङ शिक्षा कुनै एक विषय नभई सम्पूर्ण विकासको भरपर्दो साधन हो । विशेषतः सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि, स्मार्ट पूर्वाधार, प्राकृतिक प्रकोप प्रतिरोधी डिजाइन जस्ता आधुनिक विषयहरूमा दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय स्तरमै सरकारी संरचना अनिवार्य भइसकेको छ ।

पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा, पूर्वी क्षेत्रीय कलेज, धरान, थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडौं यी संस्थाहरू सरकारी लगानीमा स्थापित, पहुँचयोग्य र समावेशी छन् । यिनबाट उत्पादित जनशक्ति अहिले सरकारी योजनादेखि निजी कम्पनीसम्म सफलतापूर्वक कार्यरत छन् । त्यस्तै, लुम्बिनी प्राविधिक विश्वविद्यालयको हालैको सरकारको सकारात्मक प्रयास हो । तर रूपन्देहीमा अझैसम्म स्थायी क्याम्पसको संरचना नहुनु चिन्ताको विषय हो ।

बुटवल टेक्निकल इन्स्टिच्यूट (बिटिआई) लाई सरकारी इन्जिनियरिङ कलेजमा रूपान्तरण गर्ने योजना बुटवल उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख शिवराज सुवेदी तथा रूपन्देही क्षेत्र नं. २ का संघीय साथै हालका अर्थमन्त्री सांसद विष्णुप्रसाद पौडेलले अघि सारेका थिए । काठमाडौं विश्वविद्यालयसँग सहकार्यको प्रस्ताव समेत अगाडि बढाइएको थियो । तर, स्थानीय सरकारको असहयोग, प्राविधिक स्वायत्तता नदिने सरकारी रवैया र राजनीतिक हस्तक्षेप आदिका कारण त्यो योजना अधुरै रहने हो कि भन्ने चिन्ता छ । अझ दुःखद त के छ भने बिटिआई जस्तो ऐतिहासिक संस्था अहिले नेतृत्वविहीन, अस्तव्यस्त र विलयको संघारमा पुगेको छ । कतै असक्षम व्यवस्थापनले प्राविधिक शिक्षाको मुहान सुक्ने हो कि भन्ने खतरा र चिन्ता उत्पन्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?