© २०२३
लुम्बिनी, १४ वैशाख ।
रुपन्देहीको गैडहवा गाँउपालिकामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता वैशाख १३ गते देखि २० गते सम्म गैडहवा वडा नम्बर ८ को देवीनगर खेलमैदानमा हुदैछ । ८ टिमले नकआउट फुटवल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष वडा नं. ७ का वडाध्यक्ष पदमबहादु थापा मगरले जनाएका छन् ।
प्रतियोगिताका विजेतालाई रु २ लाख १० हजार १ सय, उपविजेतालाई १ लाख ५ हजार १ सय तथा मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । न्यु एभरेष्ट युवा क्लबको आयोजनमा गैडहवा गाँउाँलिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले युवाहरुलाई खेल सगै बिभिन्न किसिमका कुलतबाट बच्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मधुरी जैसवाल, १ देखि ९ सम्मका वडाध्यक्ष, समाजसेवी बुद्धजीवी खेलप्रमीको उपास्थिति रहेको थियो ।