ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सामाजिक सञ्जाल दर्ता र नियमनको कुरा

१४ बैशाख २०८२, आइतबार
१४ बैशाख २०८२, आइतबार

सरकारले मेटालाई फेसबुक, ह्वाट्सएप, म्यासेञ्जर लगायतका सामाजिक सञ्जाल दर्ताका लागि पटकपटक गरेको आग्रह नसुन्दा सरकारले अन्तिमपटक सात दिनको समय दिएको छ । यदि त्यो समय अवधीमा पनि दर्ता नगरिए नेपालबाट मेटा बन्द गर्ने सरकारले चेतावनी दिएको छ । निश्चितरूपमा मेटा नेपालमा प्रयोग हुँदा नेपालको ऐन, कानुन र नियम मेटाले पालना गर्नैपर्दछ । सम्वन्धित देशलाई कर तिर्नुपर्ने विश्वव्यापी नियम पनि हो । तर, मेटाले अटेरी गर्नु उसको कमजोरी हो । मेटा कानुनीरूपमा सरकारमा दर्ता हुनुपर्दछ र कर तिर्नुपर्दछ । अहिलेपनि मेटाले नेपालबाट मासिक लाखौं रुपियाँ रकम लगेको छ । आम्दानी गर्दा सम्वन्धित देशको नियम पालना गर्नैपर्दछ र करको दायरामा आउनैपर्दछ ।

मेटा करको दायरामा आउने सरकारको अपेक्षा छ । सामाजिक सञ्जाल नभै नहुने अनिवार्य आवश्यकता बनिसकेको छ । तर यसको दुरूपयोगले चिन्ता पनि थपिएको छ । सामाजिक सञ्जालले सूचना, मनोरञ्जन र शिक्षा प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा दुईमत छैन । तर, पछिल्लोसमय यसको दुरूपयोग बढेको छ । मानव जीवनको अभिन्न अङ्ग बन्न सफल सामाजिक सञ्जालले कैयौँ मूल्य र मान्यता स्थापित गरेको छ तर त्यत्तिकै दुरूपयोग समेत हुँदा चुनौति सिर्जना समेत भएको छ । सामाजिक सञ्जालकै कारण अपराधका घटना बढ्दै गएको देखिएको छ ।

सूचना सम्प्रेषण गर्ने, सूचनामाथिको पहँुच, विविध ज्ञान आर्जन गर्ने, सीपको विकास, नाता सम्बन्ध जोड्ने, व्यापार प्रवद्र्धन, नवप्रवद्र्धन, ज्ञानमा आधारित समाजको निर्माणमा सामाजिक सञ्जालको योगदानलाई बिर्सन सकिदैन तर यसलाई दुरूपयोग गरेर अपराधका घटना बढेका छन् । एकातिर यसको दुरूपयोग बढ्ने, अर्कोतिर दर्ता नभएर गैरकानुनीरूपमा सञ्चालन हुन खोज्नु कुनैपनि अवस्थामा मिल्ने कुरा होइन ।

निश्चितरूपमा सामाजिक सञ्जालहरू इष्टाग्राम, युट्युब, फेसबुक, ट्वीटर, टिकटक, पिन्टेष्ट, स्न्यापच्याट आदिले मानिस र समुदायको बीचमा अन्तक्र्रियामार्फत विचार, रुचि, ज्ञान, मनोरञ्जन, जानकारी एक आपसमा आदानप्रदान गर्ने सशक्त माध्यम बनेको छ । प्रविधिमा भएको विकासको बदलिँदो परिवेशसँगै इन्टरनेट मानवजातिको अत्यावश्यक वस्तुभित्र पर्न सफल भएको विश्वले स्वीकार गरिसकेको छ । फेसबुक अहिले विश्वको सबैभन्दा बढी लोकप्रिय सामाजिक सञ्जालमध्येको एक हो । सामाजिक सञ्जाल चलाउँदा, खेल्दा अत्यन्त रमाइलो, मजाक हुने भए पनि यसले धेरैको घरबार चौपट बनाइदिएको छ । नाता सम्बन्धमा दरार ल्याएको छ ।

यसको गलत प्रभावमा परेर विद्यार्थीको पढाइ बिग्रनुको साथै मानव बेचबिखनको जोखिम बढेका समाचार आइरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले ससाना धेरै नानीबाबुको नयाँ विषयवस्तु सोच्ने क्षमतामा ह्रास ल्याउनुका साथै घरबाहिर गएर खेल्ने, सिक्ने, सामाजिक दायित्व निर्वाह गर्ने समय बर्बाद गरिदिएको छ । सामाजिक सञ्जाल अपरिहार्य छ तर यसको प्रयोगमा ध्यान दिनु जरुरी छ । पछिल्लो एक अध्ययनले सामाजिक सञ्जालले खासगरी युवायुवतीहरूमा बिकृति फैलाएको देखाएको छ । खासगरि अपराधजन्य घटनाका पछि यही सामाजिक सञ्जालको दुरूपयोग भएको छ ।

जति पनि समाजमा हिंसाजन्य घटना भएका छन, त्यसमा सामाजिक सञ्जालको दुरूपयोग कारक देखिएको छ । तसर्थ अवको दिनमा नेपालमा सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गराउनेतर्फ पहल गरी नियमनमा ख्याल गर्नुपर्ने आवश्यकता छ । सरकारले मेटालाई एकसाताको समय दिएको छ । अवको एक साताभित्रै मेटाले नेपालमा दर्ता हुने पहल गरोस् । नेपालबाट बार्षिक करोडौं रकम लैजाने तर दर्ता प्रकृयामा आएर कर नतिर्ने जुन बदमासी भएको छ, त्यसमा सरकारले कडाई गर्नैपर्दछ । फेसबुक, म्यासेन्जर, ह्वाटसएप प्रयोगको नाममा अवैध काम कुनैपनि अवस्थामा हुनुहुँदैन । यसतर्फ मेटा कम्पनीले ध्यान देओस् । सरकारले पनि सामाजिक सञ्जाललाई छाडा भन्दा नियमनमा ल्याउने काम गरोस् । भोलीको उन्नत पुस्ता र समाज निर्माणमा अहिलेदेखि नै ध्यान नदिने हो भने समस्या निम्तिन सक्ने भएकोले अहिलेदेखि नै पूर्व खबरदारीको काम गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?