ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

माओवादी एक्लै हिंडेपछि जनताले विश्वास गर्न थालेः प्रचण्ड

१४ बैशाख २०८२, आइतबार
१४ बैशाख २०८२, आइतबार

नेपालगञ्ज, १४ वैशाख ।

पूर्व प्रधानमन्त्री एवं नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मओवादीलाई जनताले फेरि विश्वास गर्न थालेको बताएका छन् ।

निरंकुशतावादीको विरोधसँगै पार्टीले समाजवादको यात्रा तय गरेपछि सबैतिर माओवादीमय भएको प्रचण्डको दावी छ । आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरमा आयोजित जनतासँग माओवादी तराई मधेश जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद यात्रामा जानको लागि पार्टीलाई फेरि एकपटक पुनर्निर्माण गर्ने, यथास्थितिबाट अर्को ठाउँमा लैजाने अभियानमा लागेको बताए ।

उनले भने, ‘विभिन्न जातीय मोर्चाहरुको सम्मेलन गर्दै आएका छौं, सम्मेलनमा मओवादीलाई जनताको सहभागिता, साथ र सहयोग बढ्दै गएको तपाई सबैले देखि नै रहनुभएको छ ।’ जतततै माओवादी मय र प्रचण्डमय बनेको देखेर फेरी नयाँ जिम्मेवारी थपेको महसुस भइरहेको बताउँदै उनले जनताको आशा र भरोसालाई अव खेर जान नदिने गरी देश डौडाहामा लागेको बताए । मओवादीले काँग्रेस र एमालेसँग समिकरण गरेर फाईदा जति काँग्रेस र एमालेले नै लिएको बताउँदै प्रचण्डले मओवादीलाई घाटा मात्र भएको जिकिर गरे ।

अव काँग्रेस र एमालेको बैशाखी नटेकीकन एक्लै हिँडेमा माओवादी सिद्धिन्छ भन्ने जनताको आरोप लागेपनि अहिले मओवादी एक्लै हिंड्दा जनाताले विश्वास गर्न थालेको बताए । उनले भने, ‘मओवादीलाई धेरै जनताले फेरि विश्वास गर्न थालेको उदाहरण उप निर्वाचन र पत्रकार महासंघ तथा विद्यार्थी संगठनको अधिवेशनबाट आएको परिणामबाट छर्लङ्ग छ ।’ सुशासन र भ्रष्टाचारको विरोध गरेकै कारण माओवादी सरकारबाट बाहिरिनुपरेको बताउँदै उनले प्रतिपक्षमा बसेर पनि भ्रष्टचारविरुद्ध निरन्तर आवाज उठाइरहेको बताए ।

उनले भने ‘सुशासन र भ्रष्टाचार विरोधी माहोलको लडाई लड्ने पार्टी माओवादी केन्द्र हो भन्ने जनताले जसरी महसुस गरेका छन् त्यसै अनुरुप हामी जनताको घर दैलोमा पुग्न सक्यौं भने २०८४ को निर्वाचनमा मओवादी एक नम्बर पार्टी बन्छ ।’

माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्नु अगाडि पूर्व प्रधानमन्त्री प्रचण्डले बाँकेको राप्ती नदीको कटानको स्थलगत निरीक्षण गरेका थिए । उनले राप्ती सोनारी ७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण गरेका हुन् ।

पूर्वमन्त्री माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, पूर्व लुम्बिनी प्रदेशमन्त्री कृष्ण केसी नमुना र वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबान र तटबन्ध निर्माण नहुनुका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराएका थिए ।

कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन निर्देशन दिए । उनले तत्काल हुनसक्ने क्षतिको न्युनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता जनाए । राप्ती सोनारी ७ मा राप्ती नदीमा तटबन्ध निर्माण नहुँदा राप्ती सोनारीको वडा नम्बर ७ फत्तेपुर र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ ।

तटबन्ध नहुँदा सो क्षेत्रका सात भन्दा बढी गाउँका सयौं जनता त्रसित छन् । पटकपटक सो तटबन्धको निर्माणका लागि स्थानीय बासिन्दाले माग गर्दै आएपनि सुनुवाइ नभएको वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?