ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

गण्डकी नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद

१४ बैशाख २०८२, आइतबार
१४ बैशाख २०८२, आइतबार

नवलपरासी, १४ वैशाख ।
जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रूपमा नदीजन्य पदार्थ दोहन भएको आरोप स्थानीयले लगाएपछि अहिले अनुगमनमा विवाद सृजना भएको छ । जिल्ला अनुगमन समितिको अनुगमनपछि गाउँपालिकाले आफै अनुगमन गरेको र अहिले स्थानीयले गाउँपालिकाको अनुगमनमा पनि आशंका गरेपछि आउँदो सोमबार पुनः जिल्ला, गाउँपालिका सहितको टोलीले अनुगमन गर्ने भएको हो ।

सुस्ता गाउँपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको भन्दा बढि नदीजन्य पदार्थको दोहन गरिएपछि अनुगमनकारी निकायप्रति नै आशंका जन्माउँदा एकअर्का नियामक निकाय मै विवाद हुने देखिएको स्थानीयले जनाएका छन् । नदीबाट अध्याधिक नदीजन्य पदार्थ दोहन भएपछि गाउँपालिका बचाउमा लागेको स्थानीयले आरोप लगाएका छन् । ठेकेदारको प्रलोभनमा परेर अहिले ठेकेदारलाई बचाउन गाउँपालिकाले शुक्रबार अनुगमन गरेको थियो । गाउँपालिकाको अनुगमन टोलीले ठेकेदारलाई तोकिएको परिमाणको ९० प्रतिसतसम्म मात्र झिकेको दाबी गर्दै आएको छ । तर बुधबार नै नदी क्षेत्रमा अनुगमन गर्न जिल्ला अनुगमन टोली पुगेको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए ।

घाम र हावाहुरी भएका कारण सबै क्षेत्रको अनुगमन टोलीले अनुगमन गर्न सक्ने अवस्था भएन् । तर पनि अनुगमन अनुसारको प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाएका थिए । उनका अनुसार अनुमति भन्दा बढी खोलाजन्य सामग्री झिकिएको अवस्था भेटिएको छ । तर उनीहरूको घाटगद्दिको यकिन भइरहेको छैन् । ठेकेदारले नदीमा खोलाजन्य सामग्री झिक्दा पानी बग्ने धारतर्फ झिक्दै आएका छन् । ताकी पानीले खाल्टा पुरियोस, अध्याधिक निकासी गरेको आधार नभेटियोस भन्ने छल गरेका छन् । प्रमुख यादवले प्रतिकृया दिँदै भने, ठेकेदारहरूबाट यो सम्बन्धमा जानकारी लिँदा पहिला पानी नभएको र अहिले बाढी आएर पानी बढ्दा धार तिरबाट झिकिएको अवस्था देखिको बताएका थिए ।

अनुगमन विवाद मात्रै नभई भित्र भित्र अनुगमन कारी निकायमा रकम लेनदेन गरि छाकछोप गर्ने सौदाबाजी पनि चलिरहेको भनाइ स्थानीयबासीको रहेको छ । अध्याधिक मालबस्तुलाई आवश्यक कारवाही भन्दा रफदफा गरिदिनका लागि अनुगमनकारी निकायलाई ३० लाखसम्म बुझाउने ठेकेदार समूहमा छलफल भईरहेको एक स्थानीयले बताए । ठेकेदार समूहमा नै रकम बुझाएर विवाद मिलाउने हल्ला सुनिएको छ, उनले भने, तर कसलाई कतिमा मिलाउने विवादले अहिले अनुगमन मै विवाद देखिन थालेको हो । सुस्ता गाउँपालिकाले ठेक्का लगाउदा विभिन्न ४ वटा ठेक्का मध्ये १ वटा ६ र ३ वटा ठेक्का १६ नम्बर ठोक्कर नजिकै बाट झिक्न ठेक्का लगाएको छ ।

सबै ठेक्का मार्फत झिक्नका लागि पनि एक लाख घन फिट भन्दा केही बढि होला । तर ठेकेदारहरू र केही स्थानिय खोला तस्करहरू मिलेर ६० लाख घन फिट भन्दा बढि समाग्रि झिकिएका छन् । उनले झिकिएका मालबस्तु भण्डारण नै नगरी सिधै सडक र बाँधका पठाउने हुँदा कति परिमाणको झिकियो भन्ने यकिन गर्न गाह्रो छ । तर उनले वि ग्याप बाँध र नेपाल बाँध विचको लिँक बाँधमा मात्रै राखिएको ढुंगा, गिट्टि र रोडाको यकिन गर्दा ६० लाख बढी हुन आउँछ ।

यसको अनुगमन गर्ने निकाय पहिलो त सुस्ता गाउँपालिका नै हो, उनले भने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल र अध्यक्ष टेकनारायण उपाध्याय समेत दबाव र प्रभावमा पर्दा यस्ता अनियन्त्रित उत्खनन् भई रहेको दाबी स्थानीयबासीको रहेको छ । ठेक्काको नाँउमा आँखा बन्द गरेर दोहनको समर्थन अध्यक्ष उपाध्याय र अधिकृत भुसालले रहेको आरोप थियो । उपाध्यक्ष गिता चौधरीले समेत नियमित अनुगमन गर्नुपर्ने हो, उनी अनुगमन प्रमुख नै भए पनि अनुगमन गरिएको देखिएन् । करोडौ रकमको चलन खेल भइरहेको दाबी उनको थियो । ४ रुपिया प्रति घनफिटको मूल्यलाई आधार मान्ने हो भने अहिलेसम्म २४ करोड भन्दा बढीको खोलाजन्य सामग्री झिकिसकिएको छ ।

ठेक्का अवधी अझै पनि जेठ मसान्तसम्म रहेको दाबी ठेकेदारहरूको रहेको छ । लिँक बाधको दुई किलोमिटरको दुरीमा दुबै छेउमा १०/१० फिट चौडाई,१० फिट जति उचाईको आधारमा पनि ६ लाख घनफिट मौजुदा अवस्थामा खोलाजन्य पदार्थ देख्न सकिन्छ, उनले बाँधमा खसालिएको खोलाजन्य सामग्री देखाउँदै भने, यस्ता बाँधमा ५ किलोमिटर रतनगँजसम्म खोलाजन्य सामग्री खसालिएका छन् । बर्दघाटदेखि सेमरी स्थित क्रसर उद्योगमा पनि यहिँबाट सबै खोलाजन्य सामग्री पु¥याइएका छन् ।

खोलाजन्य सामग्रीमा आफ्ना भाग पाएर मौन बस्ने स्थानीय प्रहरी समेत रहेको स्थानियले बताए । ठेक्काको आठमा यस्तो दोहन कहिलै देखिएको थिएन्,जुन अहिले भई रहेको छ । नदीमा लुट मच्चाईएको छ । सरोकारवाला मौन छन्, स्थानीय दुई चारले बोल्ने आट गर्न सक्दैनन् । तर खोलाबाट झिक्ने मालबस्तु जो सुकैले कहाँबाट आयो भन्ने प्रश्न गर्न सक्ने आधार छ । तर जिल्लाबाट पनि अनुगमन भई रहेको छैन् ।

एक सातादेखि नै जिल्लाबाट अनुगमन आउछ, भन्ने हल्ला चल्ने गरेको तर त्यो भन्नलाई मात्रै भएको उनको भनाई थियो । अनुगमनबारे प्रतिकृया दिदै सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले जिल्लाबाटै अनुगमन आउने सुनाएकी थिईन् । जिल्लाबाट नै निकासीको स्वीकृति दिईने हुँदा जिल्लाले नै अनुगमन गर्छ, मंगलवार उनले प्रतिकृया दिइएकी थिईन् । गाउँपालिकाले त निकासी गर्दा घाटगद्दी गर्नु भन्दै आएको छ, तर ठेकेदारले घाटगद्दि गरेको पाइएको छैन् । उनीहरूले घाटगद्दी गर्नुपर्छ ।

विगत बर्षमा पनि नारायणी नदीको तत्कालीन जिल्ला विकास समिति (जिविस) ले निकासी ठेक्का लगाउने गरेको थियो । यस्ले नदीको धार पश्चिम तर्फ फर्कदै जाँदा गण्डक बाँधहरू नै खत्तरामा पर्न थालेका थिए । तत्पश्चात भारत सरकारको सिचाई अभियन्ता कार्यालयले नै जिविसलाई पत्राचार गरि निकासी गर्नमा रोक लगाएको थियो । बाँध मर्मत सम्भारका लागि भारतले १० अर्ब भन्दा बढि रकम खर्च गरि सकेको छ । नदी दुई देशीय सिमामा पर्ने हुदा नदी निकासीमा भारतीय चासो पनि हुने गर्छ । अध्याधिक निकासीले बाँधलाई कमजोर बनाउने र कमजोर बाँध बाढीको बेला भत्कियो भन्ने नेपालको दर्जन गाउँ र भारत उत्तर प्रदेशकै चार जिल्लालाई प्रभावित बनाउने हुँदा नदी निकासीमा सिमावर्ति महराजगँज जिल्ला अधिकारीहरूले पनि चासो ब्यक्त गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?