ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह

विश्वको सबैभन्दा विवादित फिल्म, दृश्य यति भयानक कि १०० देशमा लाग्यो प्रतिबन्ध

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

काठमाडौं, १३ बैशाख । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबीच चर्चाको विषय बनेको थियो । सन ७० को दशकमा जब युरोपेली सिनेमा प्रयोगको चरम सीमामा थियो, यो फिल्मले सीमा नाघेर मानवीय क्रूरता र शक्तिको विकृत मानसिकतालाई पर्दामा ल्याएको थियो ।

निर्देशक पियर पाओलो पासोलिनीले निर्देशन गरेको यस फिल्मको कथा चार धनी र भ्रष्ट राजनीतिज्ञको वरिपरि घुमेको छ । फासीवादी शासनकालमा युवाहरु अपहरण गरी उनीहरु माथि अमानवीय अत्याचार गर्नेहरुको कथामा आधारित रहेको छ ।  फिल्ममा शारीरिक हिंसा, मानसिक यातना र यौन शोषणका दृश्यहरू यति ग्राफिक थिए कि धेरैलाई हेर्नै नसक्ने अवस्था थियो ।

फिल्म रिलिज हुने बित्तिकै ठूलो विरोधको सामना गर्नुपरेको थियो । पेरिस फिल्म फेस्टिभलमा यसको प्रदर्शन पछि इटालीमा केही दिनको लागि रिलीज गरिएको थियो, तर चाँडै जनवरी १९७६ मा प्रतिबन्ध लगाइयो। अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्ड, एसिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिकालगायत करिब १०० देशले यो फिल्मलाई प्रतिबन्ध लगाएका थिए र अझै पनि सो कायमै रहेको छ ।

तर पनि सन् १९७७ मा अमेरिकामा रिलिज भएको थियो तर त्यहाँ पनि अश्लीलता र समाजविरोधी सामग्रीका कारण कानुनी समस्यामा परेको थियो। यो फिल्मलाई लिएर दर्शक र समीक्षकको मत पनि विभाजित रह्यो । कतिपयले यसलाई सत्ता र राजनीतिको अँध्यारो पक्षलाई चित्रण गर्ने ‘आर्ट फिल्म’ भनेका छन् भने धेरैले यसलाई क्रूर र अमानवीय भनेका छन् ।  द न्यु योर्क टाइम्सका भिन्सेन्ट क्यानबीले फिल्मको आलोचना गर्दै भनेका छन् कि यो हेर्नु भनेको आत्मालाई चियाउने अनुभव हो। रोजर एबर्टजस्ता आलोचकले पनि यस्तो फिल्म कहिल्यै नदेखेको उल्लेख गरेका छन् ।

तर, यस पूरै फिल्मलाई अझ रहस्यमय बनाउने कुरा भनेको यसको निर्देशक पासोलिनीको निर्मम हत्या हो। पासोलिनीको नोभेम्बर १९७५ मा निर्ममतापूर्वक हत्या गरियो, फिल्म रिलिज हुनु केही हप्ता अघि उनको निर्ममतापुर्वक हत्या गरिएको हो ।  उनको शवलाई कारले किचेको थियो, उनको हड्डी भाँचिएको थियो र पोष्टमार्टम रिपोर्टले उनको गुप्तांग समेत कुचिएको पुष्टि भएको थियो।

उनको हत्या पछि धेरैले धेरै कोणवाट अनुसन्धान गर्ने देखी अनुमान लगाउनेसम्मका काम गरि नै रहेका छन् । कहिले गुण्डा, कहिले आर्थिक शत्रुता र कहिले राजनीतिक कारण हत्याको कारण भनिन्छ तर आज पनि यो घटना समाधान हुन सकेको छैन, उनको हत्या अझै पनि रहस्यमय नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?