ट्रेंडिंग:

>> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)

लुम्बिनी विकास कोषले कुर्सीको व्यवस्था नगरेपछि बाहिरिए सांसद

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

बुटवल, १३ वैशाख ।

लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन समारोहमा जनमत पार्टीका नेता तथा लुम्बिनी प्रदेशका सांसद सिके गुप्ताले लुम्बिनी विकास कोषले पदाधिकारीहरूको सम्मान नगरेको आरोप लगाउँदै कार्यक्रम बहिष्कार गरी हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेको कार्यक्रममा गुप्ताले आफू लगायत प्रदेशका मन्त्री र सांसदहरूको लागि कुर्सी व्यवस्था नभएको गुनासो गरे।

गुप्ताका अनुसार, मन्त्री भूमिश्वर ढकाल, मन्त्री प्रचण्ड विक्रम न्यौपाने र आफू लगायत प्रदेश सासंदहरूप्रति लुम्बिनी विकास कोषले अपमानजनक व्यवहार गरेकोले बाहिरिएको बताए । पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका गुप्ताले लुम्बिनी विकास कोषमाथि बारम्बार प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरूप्रति बेवास्ता गरेको आरोप लगाए ।

सांसद गुप्ताले लुम्बिनी विकास कोषले संघीयताको मर्म विपरीत स्थानीय र प्रदेश सरकारको अपनत्व कमजोर बनाएको आरोपसमेत लगाए । उनले कार्यक्रमको व्यवस्थापन फितलो भएको, मुख्यमन्त्रीसम्मका लागि सुरुमै कुर्सीको व्यवस्था नभएको र पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको बताए। गुप्ताले भने, “लुम्बिनीका स्थानीयले आफ्नो जग्गा दिएर विकास कोष स्थापना गरेका हुन्, तर कोषले स्थानीयलाई न सम्मान दिएको छ, न त अपनत्व। अब हामी स्थानीय सहयोगमा आफ्नो अधिकार स्थापित गर्ने संघर्ष सुरु गर्छौं।”

वैशाख १३ र १४ गते आयोजना गरिएको उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको छ। कार्यक्रम चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीको सहकार्यमा, तथा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको सहआयोजनामा सम्पन्न हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?