ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

नवलपरासी, १३ वैशाख ।
जिल्लामा किशोरी मैत्री स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन नसक्दा जिल्लामा किशोरी गर्भवतिको संख्या बढने र परिवार नियोजन सेवा घट्ने क्रम देखिएको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै जानु र किसोरी गर्भवति संख्या बढदै जानुले सुरक्षित मातृत्व कार्यक्रमलाई नै चुनौती थपिएको हो । कार्यालयको तत्यांक अनुसार अस्थायी परिवार नियोजन सेवा लिइनेमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन कण्डमको प्रयोग बढेको देखिए पनि महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या घट्दो क्रममा छ ।

तथ्याँक अनुसार कण्डमको प्रयोग आर्थिक बर्ष २०७८/०७९,२०७९/०८० र २०८०/०८१ मा नयाँ प्रयोगदर क्रमशः ५.४,५.३ हुँदै घटेर ४.९ मा पुगेको छ । क्रमश :२ हजार ७ सय १९,२ हजार ९ सय ९१ र ३ हजार ८ सय १४ देखिन्छ । तर महिलाले प्रयोग गर्ने अस्थाई परिवार नियोजन साधनहरू क्रमशः पिल्स, डिपो, इम्प्लान्ट आईयुसिडि र स्थाई साधनमा समेत कमी हुँदै आएको छ ।

तीन वटै आर्थिक बर्षको तुलनात्मक सँख्या हेर्दा पिल्सको नयाँ प्रयोगकर्ता क्रमशः १ हजार ६ सय ४८, १ हजार ५ सय ४२ र १ हजार ४ सय ६५ पुगेर घटदो क्रममा छ । डिपोमा पनि आर्थिक बर्षको क्रमशः२ हजार ५ सय ६१, २ हजार ३ सय ५२ र २ हजार ४७ घट्दो क्रममा छ । इम्प्लान्टको पनि प्रयोग क्रमशः१ हजार ३ सय ३०, १ हजार ६ सय ४९ पुगेर पछि पछिल्लो बर्षमा १ हजार ६ सय ३७ मा झरेको छ । आईयुसिडि पनि क्रमशः २ सय २, १ सय ३८ र १ सय ७१ छ । स्थायी साधनमा आर्थिक बर्षको क्रमशः ५ सय ५०,५ सय १६ र ४ सय ९१ मा झरेको छ ।

यि साधन प्रयोगकर्तामा सबै भन्दा बढि सँख्या रामग्राम नगरपालिकामा रहेको छ,भन्ने सबै भन्दा कम सुस्ता गाउँपालिका रहेको छ । ‘विहाबारी विस बर्ष पारी’ नारा बनाई किसोर किसोरीको प्रजनन स्वास्थ्यमा करोडौ खर्चेर विभिन्न कार्याक्रम सञ्चालन हुदै आए पनि कार्यक्रमहरू प्रभावकारी नहुँदा किसोरी प्रजनन् स्वास्थ्यको समस्या देखिएको हो ।

किशोरीमा परिवार नियोजनको साधन पु¥याउन नसक्दा किसोरी आमाको संख्यामा वृद्धि देखिएको तथ्याँकले नै प्रष्ट पारेको देखिन्छ । किशोरीहरू गर्भवती हुने संख्यामा वृद्धि हुदै जाँदा प्रजनन् स्वास्थ्यमा अझै चुनौती कायम नै रहेको तथ्यांकले देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० बर्ष मुनि) का किशोरी गर्भवती भएका छन् । एका तर्फ किसोरी अवस्थामै २० बर्षमुनि नै गर्भवती हुन र अर्कोतिर प्रोटोकल अनुसार गर्भवती किशोरीहरूले गर्भ परिक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएका छ । चार जना गर्न किसोरी गर्भवती मध्ये प्रोटोकल अनुसार पहिलो पटक गर्भ जाँच गराउने संख्या २ सय ८२ रहेको छ । ४ पटक गर्भवती जाँच सेवा लिइने क्रम घट्दै गएको पनि देखाएको छ । जस्मा ४ पटक गर्भवती जाँच गराउने संख्या घटेर २ सय ४३ रहेको छ ।

यसको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य कार्यालय र पालिकाका स्वास्थ्य शाखाहरू हुनु पर्ने बताइएको छ । संघीय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तीन तहकै सरकारलाई निर्देशन गरेको थियो । तर संघिय सरकारले विभिन्न मापदण्ड जारी गरे पनि स्थानिय तह र प्रदेश सरकारका जिल्ला स्वास्थ्य कार्यालयहरूले सो क्षेत्रमा प्रभावकारी ढंगले काम नगर्दा किसोरी प्रजनन् स्वास्थ्य चुनौती बन्ने गरेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । सरकारले विभिन्न दातृ निकायलाई देखाउनका लागि कानुन, मापदण्ड बनाउने तर बनाएर थन्काउने कार्य मात्रै गरेको जस्तो देखिएको उनको आरोप थियो ।

स्वास्थ्य सस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो । किशोरकिशोरी मैत्री सेवा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य सेवा, परामर्श र प्रेषण सेवा,परिवार योजना वा नियोजन सेवा, परामर्श र प्रेषण सेवा (कम्तीमा कण्डम, पिल्स, तीन महिने सुई, आकस्मिक गर्भ निरोधक साधन) को सेवा, पोषण सम्बन्धि जानकारी वार परामर्श सेवा, यौनजन्य संक्रमण तथा एचआईभि नियन्त्रण, रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनुपर्छ ।

त्यसैगरि हिँसाबाट बच्ने उपायबारे जानकारी वा परामर्श र प्रेषण सेवा, लागू पदार्थ दुब्र्यसनबाट बच्ने उपायको बारे जानकारी वा परामर्श र प्रेषण सेवा र मानसिक समस्या सम्बन्धी जानकारी वा परामर्श र प्रेषण सेवाहरू दिइएको हुनुपर्छ । यी सबै सेवाहरू भएको र आवश्यक पूर्वाधार र गोपनियताको हिसाबले पनि गोप्य र सुरक्षित स्थान हुनुपर्छ । सरकारी स्वास्थ्य संस्था मात्रै नभई निजी स्वास्थ्य सस्थाहरूलाई पनि सो मापदण्ड अनुसारको सेवा प्रवाह गराउन समेत लगाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रत्येक ६ महिनामा सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाले स्वःमुल्याँकनका लागि अनुसुचि ३ बमोजिम भौतिक पूर्वाधार र संरचनामा किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरूले देख्ने सुन्न नसक्ने गरी गोपनियताको कायम राख्ने ब्यवस्था, स्वच्छ वातावरण र विद्युत आपूर्ति रहेको, संस्थामा नियमित विद्युत आपुर्ति रहेको र सेवाग्राहीले पालो पर्खदा बस्नको लागि उपयुक्त ब्यवस्था भएको हुनु पर्ने उल्लेख छ । औजार उपकरण र सामग्रीमा तौल तथा उचाई मापन गर्ने उपकरण उपलब्ध भएको, कण्डम राख्ने बाकस सबैको पहुँच हुने गरि राखिएको, स्तेथोस्कोप तथा बीपिसेट भएको, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नेपाल सरकारले तोके बमोजिम औषधिको उपलब्धता भएको र सेवा प्रदायक स्वास्थ्यकर्मीहरूको नियमित उपस्थिति रहेको अवस्था अनुसार अंकभार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?