© 2026
बुटवल, १३ बैशाख । नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनबाट पुनः विष्णु थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । समितिको उपाध्यक्ष पुनम श्रेष्ठ, सचिव सुनिता अर्याल, सहसचिव दुर्गा पंगेनी, कोषाध्यक्ष अविना आचार्य, सहकोषाध्यक्ष सिता आचार्य तथा सदस्यहरुमा रेनु कर्माचार्य (रुपन्देही), चित्रा पौडेल (कपिलबस्तु), सपना अर्याल (नवलपरासी) सरस्वती राजभण्डारी (पाल्पा) र सुनु राना (रुपन्देही) निर्वाचित भएको निर्वाचन संयोजक भानु ढुङ्गानाले बताए ।
अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलाको सीप र दक्षताका आधारमा योजना र कार्यक्रम बनाएको उल्लेख गर्दै ब्युटिसियन ब्यवसायप्रति आम नागरिकमा सकारात्मक धारणा बन्दा सीप प्रतिको सम्मान बढेको बताए । सीप सिकेकाहरुलाई आत्मनिर्भर बन्न, स्वरोजगारसँगै स्वतन्त्रताको वातावरण सृजना गर्न ठुलो भुमिका खेल्ने भएकाले सीप र इलम सिकाउने कुरामा पालिका सधै सहकार्य गर्न तयार रहेको उनले बताए ।
नवनिर्वाचित अध्यक्ष विष्णु थापाले ब्यवसायीक हकहित र दक्षता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाईन ।
कार्यक्रममा ब्युटिसियन संघका केन्द्रीय निवर्तमान अध्यक्ष भगवती खड्का, माईक्रो डे«मा कम्पनीका प्रवन्ध निर्देशक भानु ढुंगाना, नेपाल ब्युटिसियन संघका बुटवल नगर अध्यक्ष मनु न्यौपानेले ब्युटिसियन ब्यवसाय स्वरोजगार ब्यवसायका रुपमा रहेको दाबी गरे ।
यसैगरि संघले एक दिने माइक्रो डे«मा फेसियल तालिम समेत गरेको संघका सचिव सुनिता अर्यालले बताईन । तालिममा झण्डै डेढसय जना महिला ब्युटिसियनको सहभागिता रहेको थियो ।