ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

अभिमुखीकरण एवम् सचेतना कार्यक्रम सम्पन्न

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

बर्दघाट,१३ बैशाख । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्थाको आयोजनामा १ दिने अभिमुखीकरण एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आयोजना क्षेत्र भित्रका आमा समुह लक्षित खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखीकरण एवम् सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रमाइलो आमा समुह र आनन्द नगर आमा समुहका करिव ४० जनाको सहभागिता रहेको थियो । मुहान देखी मुखसम्म शुद्ध पिउने पानी कसरी पुर्याउने र पानीलाइ किटाणु जिवाणु रहित बनाउन आवश्यक विधिहरुको बारेमा कार्यक्रममा प्रकाश पारिएको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले सस्थाले बितरण गरेको पानी यस क्षेत्रमै गुणस्तरिय र बिस्वसनिय रहेको बताउदै सँस्थाद्वारा वितरित पानी घरमा सँग्रह गर्दा र प्रयोग गर्दा समेत गुणस्तर कायम राख्न गृहिणीहरुको प्रमुख भूमिका रहने बताए । उनले पानीजन्य रोगबाट बँच्न वितरित पानीको गुणस्तर कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै सस्थाका अध्यक्ष दिपक लम्सालले खाने पानीसंग बिशेषगरि महिला प्रत्यक्ष जोडिएका कारण पनि यस सस्थाले आफ्ना क्षेत्राधिकार भित्रका महिलाहरुलाई पानीको महत्व र सुरक्षा सम्बन्धी सचेतनाको आवस्यकता महसुस गरिएको बताए ।

खानेपानी सुरक्षा योजना टोली सँयोजक एवम् सँस्थाका उपाध्यक्ष कमल थापाले नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको नियमित प्रयोगशाला परिक्षण पछि मात्र वितरण गरिएको पानी उपभोग गर्ने आफ्ना घरमा पानी राख्ने भाडाहरु सफा राख्न सबैलाई गरेका थिए ।

कार्यक्रममा सस्थाका ब्यवस्थापक बिष्णु भुषालले सस्थाको बिगत र बर्तमानको चित्रण गर्दै बिगतमा सस्थाले भोग्नु परेको समस्याहरु संग जुद्धै अहिलेको अवस्थामा आइपुगेको जानकारी गराउदै खानेपानीको सहि सदुपयोग गर्न सबैलाइ आग्रह गरेका थिए ।

सो कार्यक्रममा उपस्थित महिलाहरुले सस्थाका क्षेत्राधिकार भित्र ढल ब्यवस्थापन, सार्वजनिक स्थलमा सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा थप निशुल्क पानीको ब्यवस्था गर्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?