ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

गलैंचा कारखानाबाट उठाएर मुम्बई कोठीमा महिलाको बिक्री, तीस वर्षपछि आरोपी पक्राउ

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

काठमाडौं, १२ बैशाख ।

मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेर ३० वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक भोटेनाम्लाङ गाविस-४ हाल पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७ वर्षीय चमारे भनिने चमार तामाङ रहेका छन्।

मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

उनले २०४४ साल पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्‍याएर एक महिलालाई बिक्री गरेको उजुरी प्रहरीमा थियो। मुम्बईमा रिता तामाङ गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नम्बर ७ मा पुर्‍याएर तामाङले ८० हजार रुपैयाँमा महिलालाई बिक्री गरेको प्रवक्ता कुँवरले बताए।

कुँवरका अनुसार ती महिला चाबहिलस्थित गलैंचा बुन्ने कारखानामा काम गरिरहेकी थिइन्। तामाङले ‘त्यस्तो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौं, तिमीजस्तो केटीले बढी सुन ल्याउन सक्छौ’ भन्दै विश्वासमा पारेर मुम्बई पुर्‍याएका थिए।

उक्त कोठीमा सात वर्षसम्म महिलालाई वेश्यावृत्तिमा लगाइएको थियो। त्यही क्रममा टिबी रोग लागेपछि उनलाई साहुनीले २०५१ माघमा नेपाल फिर्ता पठाइन्।  नेपाल आएपछि उनले २०५२ साल फागुन १ गते सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिइन्।
सिन्धुपाल्चोक प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले मुद्दा दर्तापछि २०७७ साल असोज ६ गते ब्युरोमा मिसिल पठाएको थियो। फरार प्रतिवादी खोजी सिलसिलामा तामाङलाई लामो समयपछि पक्राउ गर्न सफल भएको ब्युरो प्रवक्ता कुँवरले बताए।

तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?