Butwal Today

नेपाल साँस्कृतिक महासंघ कपिलवस्तुमा पोख्रेल 

१२ बैशाख २०८२, शुक्रबार
अ+
अ-
कपिलवस्तु,  ११ बैशाख । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन नेपाल साँस्कृतिक महासंघ कपिलवस्तु जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिबेशनले चन्द्रकान्त पोख्रेलको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । नेपाली काँग्रेस पार्टीको कार्यालय बिपी स्मृती भवन तौलिहवामा सम्पन्न महासंघको जिल्ला भेलाले अध्यक्षमा पोख्रेल, उपाध्यक्षमा डा. बेदराज घिमिरे, जयकरण पासी, सचिवमा कृष्ण प्रसाद पौडेल, सहसचिवमा संदिप दुबे, कोषाध्यक्षमा हरि कुवरलाई निर्वारोध चयन गरेको हो । त्यसै गरि समितिको सदस्यहरुमा राधिका घिमिरे, डिल्लीराज खनाल, राधेश्याम लोध, रुपा थारु, गंगेश प्रसाद ठाकुर, उमेश चौधरी, काशीराम यादव, पशुपतिमणी त्रिपाठी, संजय ज्ञवाली, श्रीराम यादव, अजय थारु, दुर्गा गैरे, शोभाखर अधिकारी, नारायणदत्त अधिकारीलाई चयन गरेको छ ।
जिल्ला अधिबेशनको भेलामा बोल्दै महासंघका केन्द्रिय अध्यक्ष तिर्थ बहादुर थापाले राज्यले कलाकारलाई सम्मान गर्न नसकेको बताए । महासंघले साँस्कृतिक माध्यमबाट नागरिकलाई लोकतन्त्र प्रति प्रतिबद्ध बनाउदै आएकोमा पार्टीले समेत सो भुमिकाको खासै मुल्याकंन गर्न नसकेकोमा उनले गुनासो गरे । नेपाल साँस्कृतीक महासंघले लोकतन्त्र र लोकतान्त्रिक समाजवादको पक्ष पोषणमा भुमिका खेल्दै आएको महासंघका केन्द्रिय महामन्त्री शिवशंकर रिजाल र केन्द्रिय कोषाध्यक्ष राधिका हमालको भनाई थियो ।
साँस्कृतिक महासंघले लोकतन्त्र प्रति नागरिकको प्रतिबद्धता मजबुत बनाउन भुमिका खेल्दै आएकोमा आगामी दिनमा महासंघ अझै शसक्त रुपमा अगाडी बढनु पर्ने आवश्यकता रहेको नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँले बताए । नेपाली काँग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरी, सहसचिव बिरेन्द्र शुक्ला, जिल्ला सदस्यहरु टेक बहादुर शाही, शोहरत तेली, नेबिसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, साँस्कृतिक महासंघ केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधी सुनिता बेल्बासे लगायतले नेपाल साँस्कृतिक महासंघले कलाका क्षेत्रबाट लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन अहम भुमिका खेल्दै आएको भन्दै प्रशंसा गरेका थिए ।