Butwal Today

सिंहदरबारमा सरकारसँग वार्ताका लागि शिक्षक नेताहरू पुगे

१२ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन्। गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूले सरकारसँग छलफल गर्न शुक्रवार दिउँसो सिंहदरबारको मार्ग समातेका हुन्।

शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले वार्ताका लागि छुट्टाछुट्टै रूपमा आह्वान गरेका थिए। त्यसपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक नेताहरू सिंहदरबार पुगेका हुन्।

महासंघका महासचिव तुला थापाले वार्ताको आह्वानपछि छलफलका लागि मन्त्रालयतर्फ लागेको जानकारी दिए। उनले भने, “सरकारको पुनः आह्वानपछि महासंघले आन्तरिक छलफल गर्‍यो र छलफलमा सहभागी हुन २५ जना शिक्षक नेताहरूसँग गेटपास प्राप्त भयो।” शिक्षा मन्त्रालयले प्रहरीलाई पत्र पठाएर महासंघका शिक्षक नेताहरूलाई सिंहदरबारको गेटपास उपलब्ध गराइदिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?