ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

बुटवल मिडिया मन्थनः पत्रकारको पेसागत सुरक्षामा सजगता जरुरी

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

बुटवल, १२ बैशाख ।
नेपाल पत्रकार महासंघको आयोजनामा मिडिया मन्थन कार्यक्रम गरिएको छ । सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गरिएको कार्यक्रम मिडिया मन्थनमा पत्रकारको पेसागत सुरक्षामा सबैजना सजग हुुनुपर्नेमा जोड दिईयो । पहिलो पत्रकारको सुरक्षा विषयक प्यानलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारको सुरक्षाको ग्यारेन्टी सरकारले गनुपर्ने भन्दै सोही अनुसार योजना बनाएर लाग्नुपर्नेमा जोड दिईन् । उनले नेपालमा पछिल्लो समयमा पत्रकार असुरक्षाका घटना कमै मात्रामा घटेपनि केही प्रतिनिधि उदाहरणले यसको विषयमा भने गम्भीर हुनुपर्ने बेला आएको बताईन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारको सुरक्षाको लागि ३ तहकै सरकारको योजनाबद्ध विकास आवश्यक पर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे सहजकर्ताको रूपमा पत्रकार भवानी पान्डेले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैगरी कसका समाचार कस्ता समाचार विषयक प्यानल छलफलमा स्वतन्त्र पत्रकार तीर्थ कोइराला, बाह्रखरी अनलाईनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवति पान्डे ले बहस गरेका थिए । जसको सहजीकरण सिपी खनाल गरेका थिए ।

यसैगरी मिडिया व्यवस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाज लुम्बिनीका अध्यक्ष नवराज कुवँर, अनलाईन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिको व्यवस्थापक कल्पना तिवारीले भाग लिएका थिए । उक्त प्यानल छलफलको सहजकर्ता नरेश के.सीले गरेका हुन् । यसैगरी मिडिया मन्थनको आमसञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौति विषयक प्यानल छलफलमा मिडीया अनुसन्धानकर्ता उज्ज्वल आचार्य, लुम्बिनी प्रदेश प्रविधि प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, विविसीका सम्वाददाता माधब नेपाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल रहेका थिए । उक्त कार्यक्रमको सहजकर्ता विनोद परियार सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ रूपन्देही शाखाको आयोजनामा कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो । जसमा व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, सरोकारवाला निकाय, विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । यसैबीच बुटवल उपमहानगरपालिकाद्वारा स्थापित नेपाल पत्रकार महासंघ रूपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तेजेन्द्र केसी पुरस्कृत भएका छन् । उनी १ लाख रूपैयाँ सहित पुरस्कृत भए । यस्तै सुर्यप्रसाद प्रधान स्मृति विकास पत्रकारिता पुरस्कारबाट पत्रकार अमृता अनमोल र राम प्रसाद आचार्य पुरस्कृत भए । उनीहले ५०÷५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका हुन । पुरस्कार रकम सहित सम्मान पत्र बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पान्डे, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायतले प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?