© २०२३
काठमाडौं ।
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगाएत उपस्थीत रहेका थिए ।