Butwal Today

लुम्बिनी ग्याष्ट्रो सम्मेलन रुपन्देहीमा हुने, तयारी पुरा

११ बैशाख २०८२, बिहीबार
अ+
अ-

बुटवल, ११ बैशाख ।

बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स अस्पताल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नरपालिका वडा नम्बर १४ मा रहेका टाईगर प्यालेसमा यही शनिबार प्रदेशका १०० जना भन्दा बढी विशेषज्ञ चिकित्सक, चिकित्सकको सहभागीतामा ग्याष्ट्रोसम्मेलन आयोजना हुन लागेको हो ।

ग्याष्ट्रोसम्मेलनमा विशेषज्ञ चिकित्सकहरुले विभिन्न विधामा आ आफ्नो विचार, मन्थन तथा अन्तरक्रिया आयोजन गर्ने ग्याष्ट्रोसेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक पेट, आन्द्रा , कलेजो तथा बष्ठि ग्याष्ट्रोलोजिष्टि डा. मोहन भुषालले जानकारी दिए ।
पछिल्लो समयमा पेट तथा आन्द्रा, कलेजोसम्बन्धी भएका नया अभ्यासहरु प्रयोगहरुका बारेमा जानकारी गराउने र चिकित्सकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यस क्षेत्रमै पहिलो पटक उत्त, कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. भुषालको भनाई छ ।

यहि वैशाख १३ गते रुपन्देहीको तिलोतमा कोटीहयामा अवस्थित टाईगर प्यालेनमा दिउसो ३ बजे कार्यक्रम आयोजना गरिएको जानकारी हुने छ । दिउसो हुने कार्यक्रमको उद्घाटन नेपाल चिकित्सक संघ लुम्विनी प्रदेश अध्यक्ष डा कृष्ण खरेलको प्रमुख आतिथ्यतामा हुने छ । कार्यक्रमलाई सम्पन्न गर्नको नागि लुम्बिनी ईन्टरनल मेडिसीन सोसाईटीले समेत समन्वय गरेको छ । कार्यक्रममा नेपाल लगायत भारतका ख्याति प्राप्त पेट आन्द्रा तथा कलेजो रोग विषेशज्ञलगायत विज्ञ चिकित्सकहरुको सहभागिता रहने छ ।

यस कार्यक्रममा चिकित्सकहरूसंगै कार्यक्रममा सहभागी हुन आउने सहभागीहरुले हाल विश्वमा प्रचलनमा रहेको उपपार प्रणाली, नविनतम सीप र ज्ञानको आदान प्रदान गर्न र बुक्न पाउने छन् । साथै यस क्षेत्रना रहेका र कार्यक्रममा सहभागी भएका चिकित्सकमा पनि बिरामीको उपचारमा नयां प्रविधिको प्रयोग कसरी गर्ने भन्ने ज्ञान, सिप र दक्षताको वृद्धिसंगै उनीहरुले उत्साह र नयां अनुभव प्राप्त गर्ने जनाइएको छ ।

कार्यक्रमका विशेषाताहरुमा पेट तथा कलेजो विषयसंग सम्बन्धित नेपाल तथा भारतका चिकित्सकाहरुको सहभागिताले नयाँ प्रविधिको प्रयोगमा जानकारी, नयां ज्ञान र सिपको आदान प्रदानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको छ ।
पेट तथा कलेजो रोगसग सम्बन्धित समस्याहरुको समाधानमा नयां प्रविधिको प्रयोगसंगै त्यससंग आउने समस्याको समाधानको लागि राजधानी तथा बिदेश जानुपने बाध्यतात्मक अवस्थाको कमि गर्न कार्यक्रम सहयोगी बन्ने छ भने अनावश्यक रुपमा हुने गरिने रिफर लगायत कम खर्चमा उपचार व्यवस्था गर्न महज वातावरणको निर्माण गर्न कार्यक्रम फलदायी हुने जनाइएको छ ।

चिकित्सकहरुको अनुभव, प्रविधिको प्रयोगबारे हुने जानकारी गराउने छ भने यस्ता कार्यक्रमले समयानुकुल बनाउने छ र चिकित्सकहरुमा थप अध्ययन गर्ने बानीको विकास हुने । कार्यक्रममा विभिन्न विषय बिज्ञ (चिकित्सक) हरुको कार्यपत्र प्रस्तुत गर्ने छन् । रिसेन्ट एड्भान्स ईन लिभर ट्रन्सप्लान्ट को बारेमा बिएलके म्याक्स हस्पटीलका डा. गोग्य मुहले कलजोको प्रत्यारोपण तया यससंग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।यस्तै बरिष्ठ ग्याप्ट्रोलोजिष्ट डाक्टर संदिपराज कुवंर पेटरोग हथा इण्डोस्कापी उपचार विधि बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । वरिष्ठ फिजिसियन डाक्टर नन्दू पाठकले जनावरवाट फोक्सो तथा अन्य अंगहरुमा मर्ने रोग सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

बरिष्ठ डाक्टर रेडियोलोजिष्ट सोभित सिहले कलेजो सम्बन्धि रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग र मेवाका बारेमा कार्यपत्र प्रस्तुतकरण गर्ने छन् । डा. पुकार थापाले औषधी तथा ऋब्ः ले कलेजोमा गर्ने अमर र यसको नविनतम उपचार प्रविधिको बारेमा प्रस्तुतिकरण गर्ने कार्यक्रम तय गरिएको छ भने कार्यक्रम संयोजक समेत रहेका पेट, आन्द्रा, कलेजो तथा बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारेमा कार्यपत्र प्रस्तुतीकरण गर्ने छन् । बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर रविन हमालले एक्यूट प्याडक्रियाटाइटिस र यसको समाधान पार विस्तृत कार्यपत्र प्रस्तुत गर्ने छन् । एक दिन आयोजना हुने कार्यक्रममा रुपन्देही, गुल्मी, पाल्पा, अघांखांची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु, जिल्लाबाट सबै विषयका विशेषज्ञ डाक्टर चिकित्सक हरुको महभागिता रहने छ । पेट आन्दा, कलेजो, ग्याष्ट्रो फिजिसियनलगायत झण्डै एकसय विशेषज्ञ चिकित्सकहरुको सहभागीता हुने छ ।