ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कर्णालीका तीन पालिकामा अझै लागु भएन स्वास्थ्य बिमा

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

सुर्खेत,११ बैशाख ।

कर्णाली प्रदेशका तीनवटा स्थानीय तहमा अझै स्वास्थ्य विमा कार्यक्रम सञ्चालन हुन सकेको छैन । प्रदेशका ७९ पालिकामध्ये तीनवटामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छैन । डोल्पाको, छार्का ताङसोङ, शे फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा बिमा कार्यक्रम लागू हुन सकेका छैनन् ।

भैगोलिक विकटताका साथै सडक, बत्तीलगायतका सुविधा नपुगेको दुर्गम पालिका भएकोले कार्यक्रम लागू हुन नसकेको कर्णाली प्रदेश विमा बोर्डका संयोजक महेशप्रशाद ठाकुरले बताए । ‘उक्त क्षेत्रमा मौसमी बसाई हुनुको साथै बस्ती पनि पातलो रहेको छ’ उनले भने, ‘जसको कारण पनि कार्यक्रम लागु गर्न समस्या भइरहेको छ ।’ बोर्डका संयोजक ठाकुरले सो ठाउँमा बिमा दर्ता कर्मचारी पनि छनोट गर्न नसकेकोजस्ता समस्याले बिमा कार्यक्रम लागू गर्न नसकिएको जानकारी दिए । यो वर्ष लागू गर्ने प्रयास जारी रहेको उनको भनाई छ । उक्त क्षेत्रका स्थानीय तथा सरोकारवाला व्यक्तिहरुको सहभागितामा अन्तरक्रिया तथा छलफल पछि कार्यक्रमको सञ्चालन गरिने उनले बताए ।

सरकारले २०७२ चैत २५ देखि लागू गरेको छ । कर्णालीमा भने दुई वर्षपछि ०७४ भदौ १ देखि लागू भएको थियो । यस प्रदेशमा जुम्ला र रुकुम पश्चिमबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । कर्णालीमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कमजोर रहेको छ । स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका नागरिकहरुले सेवा लिन सास्ती भएको गुनासो गर्दै आइरहेका छन् ।
कर्णालीमा स्वास्थ्य विमा लागु भएको ७ वर्षसम्म ३० प्रतिशत नागरिक कार्यक्रममा आवद्ध भएको बोर्डका संयोजक ठाकुरले बताए । कर्णालीमा १६ लाख बढी जनसंख्या रहेको छ ।

नागरिक आबद्ध हुन नसक्नु मुख्य कारणमा चेतनास्तर कमजोर हुनुको साथै बिमा कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा कमै मात्रामा नागरिकहरु समावेश भएका छन् ।स्वास्थ्य बिमा गरेबापत सूचीकृत भएका स्वास्थ्य संस्थाहरुले भुक्तानी पाउन सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कर्णालीका अनुसार चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म २० करोड ६७ लाख ८४ हजार ६ सय ६७ रुपैयाँ मात्र भुक्तानी भएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालमा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँ भुक्तानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?