ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन

विभागीय दुवै टिम लुम्बिनी कपको उपाधि जित्ने दाउमा

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

नेपालगञ्ज, ११ वैशाख ।

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटवलको उपाधिको लागि दुबै टिम रणनीतिक योजनामा रहेका छन् । नेपालगन्जमा बिहीबार पत्रकारहरुसंग कुराकानी गर्दै एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नैपर्ने दबाब रहेको बताएकी छिन् । प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउँदै उनले नतिजा भने आफ्नै पोल्टामा पार्ने दाउमा रहेको बताइन् । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छिन् । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताएकी छिन् ।

यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनीति बनाएर अगाडि बढ्ने उदघोष गरेका छन । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सुवेदीले भने, “फूटबलमा नतिजा जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्छ । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ ।”

उनले भोलिको खेलमा राम्रो प्रस्तुति दिने बताएका छन् । यस्तै क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पूरा भएजस्तै खेल जित्ने सपना पनि पूरा हुने बताएकी छिन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यवस्थापकीय कामहरु गर्नुपर्ने सुझाव दिएकी छिन् । निरन्तर खेल हुन सकेमा यस्ता प्रतियोगिताहरुको उचाई बढ्ने र उपलब्धि हासिल हुने प्रतिक्रिया दिएकी छिन् ।

पत्रकार सम्मेलनमा म्याच कमिसनर प्रदेश सिंह राठौर, म्याच कोर्डिनेटर कमल खत्री, अन्तरालका कार्यकारी जयनारायण शाह, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, मिडिया संयोजक निरज गौतम, प्रचार प्रसार समितिका संयोजक तेजविक्रम शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, पुर्व अध्यक्ष झलक गैेरे र एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष एवं नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष तथा विविसी संवाददाता निरन्जन राजवंशी लगायत विभिन्न मिडियामा कार्यरत संचारकर्मी, खेलप्रेमी तथा अभियन्ता र आयोजक टिमको सहभागिता रहेको थियो । कार्यक्रममा भोलिको फाइनल खेलका प्रतिस्पर्धी दुबै टिमका कोच र क्याप्टेनको सामूहिक तस्विर कैद गरिएको थियो । तस्विर कैद गरिरहँदा टिमका कोच र क्याप्टेनहरुमा गम्भीरता र भोलिका लागि तीब्र चिन्तनशिलता रहेको प्रष्ट देखिन्थ्यो ।

शुक्रबार हुने फाइनल खेलको प्रतिस्पर्धी एपीएफ क्लबले कर्णालीलार्ई ६—० गोल अन्तरले र रौतहटलाई ३ —० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० ले र भिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।

एपीएफ क्लब र नेपाल पुलिस क्लबबिचको फाइनल खेल शुक्रबार दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिएका छन् । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन ।

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?