ट्रेंडिंग:

>> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

रूपन्देहीमा मिडिया मन्थन तयारी पुरा

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

बुटवल, ११ बैशाख ।
नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा नेपाल पत्रकार महासंघ रूपन्देही शाखाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बिहीबार दिउँसो आयोजना हुने उक्त मिडिया मन्थन कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रको विषय बहस हुने बताइएको छ ।

मिडिया मन्थनमा पत्रकार पेशागत सुरक्षा विषयक प्यानलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ रूपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्टको रूपमा रहने छन् । उक्त कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार भवानी पान्डेले गर्नेछन् ।

यसैगरी कसका समाचार कस्ता समाचार विषयक प्यानल छलफलमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरी अनलाईनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवति पाण्डे रहेका छन् भने सहजकर्ताको रूपमा सिपी खनाल रहेका छन् । यसैगरी मिडिया व्यवस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुवँर, अनलाईन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिको व्यवस्थापक कल्पना तिवारी रहेका छन् । उक्त प्यानल छलफलको सहजकर्ता नरेश के.सी रहेका छन् ।

यसैगरी मिडिया मन्थनको आमसञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौति विषयक प्यानल छलफलमा मिडीया अनुसन्धानकर्ता उज्ज्वल आचार्य, लुम्बिनी प्रदेश प्रविधि प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, विविसीका सम्वाददाता माधब नेपाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल रहेका छन् । उक्त कार्यक्रमको सहजकर्ता विनोद परियार रहेका छन् । नेपाल पत्रकार महासंघ रूपन्देही शाखाको आयोजनामा पहिलोपटक आयोजना हुन गईरहेको मिडिया मन्थन कार्यक्रमको तयारी पुरा भएको र उक्त कार्यक्रममा सन्चारकर्मीको साथै आम नागरिक पनि सहभागी हुन महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकार सम्मेलनमा बताए । पत्रकार महासंघ रूपन्देहीले ३ दिनदेखि तीनतहका सरकारका अधिकार र तीनको कार्यन्वयको अवस्था सम्बन्धमा लेखनवृत्ति तालिम पनि गरिरहेको छ । तालिममा पूर्व मुख्यसचिव सोमलाल सुवेदी, अग्रज पत्रकार शेरबहादुर के.सीले विभिन्न विषयमा तालिम दिएका थिए ।

यसैगरी सिद्धार्थनगरका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, देवदह नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री गौतम, बुटवल उपमहानगरको राजस्व शाखा प्रमुख रोशन कुमार रेग्मीले समेत स्थानिय सरकारका अभ्यासको बारेमा प्रकाश पारेका थिए । यसैगरी बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पान्डे र उपप्रमुख सावित्री अर्यालले स्थानीय सरकार सन्चालन र मिडीयाको भूमिका विषयमा प्रकाश पारेका थिए । तालिमको अवसरमा मंगलबार बरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघियता र कानून कार्यन्वयन अवस्थाको बारेमा तालिम दिने महासंघका सचिव सिपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?