Butwal Today

सेयर बजारमा दोहोरो अंकको गिरावट

१० बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १० बैशाख ।

साताको चौथों दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेर रोकिएको छ ।

जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसवाट  ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ । बुधबार २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएता पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।