Butwal Today

सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडककाे दाउन्ने खण्ड सञ्चालन

१० बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाण्डौ –

सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ ।

हिजो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका थिए ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर हिजो केही समय एकतर्फी  सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा गाडीको आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।