ट्रेंडिंग:

>> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

नदीमा माछा घट्दा संकटमा घडीयाल

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

बर्दिया, ९ बैशाख ।
नदी प्रदूषित बन्दै गएपछि त्यसको असर जलचर प्राणीमा परेको छ । माछा कम हुँदै गएपछि घडियाल प्रजातिको गोही अति संकटापन अवस्थामा पुगेको छ । उक्त प्रजातिको गोहीले माछाबाहेक अरू शिकार गर्दैन । प्रदूषणका कारण प्रजनन्मा पनि सोझो असर परेको छ । प्रदूषणले तापक्रम खलबलिएपछि गोहीको अण्डा बिग्रिएर खेर जाने गरेको हो । ‘त्यसैले यो प्रजातिको गोही विश्वकै दुलर्भ तथा नेपालमा अति संकटापन अवस्थाबाट गुज्रिरहेको छ,’ बर्दिया राष्ट्रिय निकुन्जका अधिकारी भन्छन्,‘नदी प्रदूषणका कारण दुई प्रतिशत बच्चा हुर्किन्छ भन्ने छ । तर त्यसको पनि कुनै निश्चित हुँदैन ।’

विश्वमै दुर्लभ तथा नेपालमा संकटापन अवस्थामा रहेका घडियाल संरक्षणका लागि बर्दिया निकुञ्जले गोही प्रजनन् केन्द्र स्थापना गरेको छ । पोथी गोहीले पारेको अण्डालाई कृत्रिम तरिकाले कोरलेर हुर्काउन खोजिन्छ । निश्चित तापक्रममा अण्डा कोरलिने भएकाले निकै संवेदनशील मानिन्छ । अलिकति तापक्रम नमिल्ने हो भने अण्डा बिग्रिन्छ र अण्डाबाट निस्केको बच्चा मर्छ । त्यसैले अतिसंकटापन मानिएको हो,’ लामो समयदेखि संरक्षण क्षेत्रमा लागेका लक्ष्मीदत्त जोशी भन्छन् ।

प्रजनन् केन्द्रमा हुर्किएको गोहीलाई बबई र कर्णाली नदीमा लगेर छोड्ने गरिएको छ । संरक्षणकर्मीहरूका अनुसार घडियाल गोही हुर्किएर ब्यस्क हुँदासम्म एक प्रतिशत मात्रै बाँच्छ । प्रजनन् केन्द्रमा हाल दुई भाले र चार पोथी गरी छ वटा प्रजनन योग्य घडियाल गोही छन् । हुर्किदै गरेका घडियाल मरेर संख्या तलामाथि भइरहन्छ । ब्यस्क भएपछि नदीमा लगेर छोडिन्छ । नेपालमा सबैभन्दा बढी बबई र चितवनको राप्ती नदीमा घडियाल पाईन्छ । कर्णालीमा भने निकै न्यून भेटिने गरेको निकुन्जले जनाएको छ ।

सन् २०१८ मा थापा एण्ड अलले बबई नदीमा ड्रोन मार्फत गरेको सर्बेक्षणमा ३३ घडियाल भेटिएका थिए ।
सन् २०१६ मा बबईमा २५ देखि ३० र कर्णालीमा १ देखि ३ वटासम्म घडियाल देखिएको अभिलेख छ । नदी र खोलामा माछा मार्न बिष प्रयोग गरिएका कारण घडियाल प्रजातिको गोही संकटमा परेको हो । त्यसको संरक्षणका लागि लामो समयदेखि प्रयास जारी छ । घडियाल गोहीका लागि आवश्यक पर्ने आहारा माछा प्रयाप्त हुनुपर्छ । घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछा मात्रै आहारा खान्छ । माछा अभावमा उक्त प्रजाती बिश्वकै दुलर्भ मानिएको हो । माछा नपाईने र मानवीय गतिबिधि बढी हुने स्थानमा बस्दैन । तर, मगर गोही फोहार पानीमा बस्न सक्ने र पशुचौपायाको मासुसमेत आहारा गर्ने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ ।

नदीमा माछा मार्न बिष प्रयोग गरिने भएका कारण प्रदुषण बढेको हो । घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको सौरहामा स्थापना गरिएको छ । बर्दियामा पहिला बढी मात्रामा माछा पाउने अवस्था थियो तर अहिले मानिसको जनसंख्य बृद्धि भएको कारणले झन संकटमा परेको देखिन्छ । घडियाल गोही मानिस र जिवजन्तुहरूलाई एकदम कम आक्रमण गर्ने भएकोले संरक्षण क्षेत्र भन्दा बहिरा भेटिएपछि मानिसहरू सिकार समेत गर्ने गरेको पाईएको कारणले बचाउन झन गह्रो भएको छ । घडियालको आयु ४५ वर्षसम्म हुन्छ ।

प्रजनन केन्द्रमा हुर्किएका गोहीहरू नदीमा छाड्ने गरिएको छ । तर बाढी आउँदा बगेर भारत पुग्ने कारण बबई र कर्णालीमा घडियाल देखिँदैनन् । २०६६ सालमा करिब ३५ वटा घडियाल यी नदीमा देखिएका थिए । नदीमा घडियाल हुनु भनेको वातावरण स्वच्छ छ भन्नु हो । दक्षिण एसियाका नेपाल र भारतमा पाइने घडियाल प्रकृतिका सौन्दर्य मानिन्छन् । तर चोरी सिकार र प्रदूषण यसका चुनौती बनेका छन् । नदी क्षेत्रमा हुने घडियालका अन्डाहरू खाइदिने र फुटाइनेदिने गर्दा समस्या निम्तिएको छ । बर्दिया प्रजनन् केन्द्रमा मगर गोहीको संख्या ११ छ । जसमध्ये तीन वटा भाले छन् । जुनसुकै प्राणीका आहार गर्ने मगर गोही भने बाह्य क्षेत्रमा समेत सजिलै बाच्न सक्छ । यो सिजनमा प्रजनन केन्द्रमा कछुवाको समेत प्रजनन प्रक्रिया चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?