© २०२३
बारा, १० बैशाख।
बारा स्थित प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६ किलो अबैध चाँदीको विभिन्न किसिमका गहना बरामद गरेको छ।प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलबार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो।
बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदीको रेडिमेट गहना बरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीद्वारा सञ्चालित तस्करी नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्