© २०२३
काठमाडौँ ।
ब्राजिलका पूर्वविश्वविजेता र चर्चित फुटबल स्टार रोबर्टो कार्लोसले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
नेपाल सुपर लिगको तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका कार्लोसलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै नेपालको भ्रमणले नेपाली खेलाडी र युवामा प्रेरणा थप्ने बताए।
ओलीले नेपाल–ब्राजिलबीचको सुमधुर कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै खेलकुदको माध्यमबाट दुई देशबीच अनुभव र सीपको आदानप्रदान गर्न सकिने उल्लेख गरे। साथै, उनले कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको मजा लिन पुनः नेपाल भ्रमणको निमन्त्रणा समेत गरे।
खेलप्रेमी कार्लोसले आफूलाई यस्तो सम्मान पाउँदा गर्व लागेको भन्दै नेपाली युवासँगको भेट उत्साहजनक भएको बताए।




