Butwal Today

जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए

१० बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्।

दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।

जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो।

हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन्। तिनमा यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।

हमला मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो।

मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे।

यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।

घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ।

हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।