Butwal Today

आईपीएलमा आज हैदराबाद र मुम्बई भिड्दै

१० बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाण्डौ ।

आजको साँझको आईपिएल मुकाबला निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। नेपाली समय अनुसार बेलुका ७:४५ बजे हैदराबादको घरेलु मैदानमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन्।

हालसम्मको प्रदर्शन हेर्दा मुम्बई इन्डियन्स तुलनात्मक रूपमा अगाडि देखिन्छ। मुम्बईले ८ खेलबाट ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ भने हैदराबादले ७ खेलबाट मात्र ४ अंक बटुल्दै नवौं स्थानमा सीमित भएको छ।

दुई टोलीबीच अहिलेसम्म भएको २४ खेलमध्ये मुम्बईले १४ पल्ट जित हात पारेको छ, जबकि हैदराबादले १० खेलमा बाजी मारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?