ट्रेंडिंग:

>> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

बाँके झुम्दै इत्तेहादको तयारीमा

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

बाँके,१० बैशाख ।

आगामी बैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औं अधिवेशन आयोजना बाँके तयारीमा झुम्दै गएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनले नेपालगन्जमा महाधिवेशन तयारीका क्रममा आयोजना गरेको मुस्लिम भेलाका वक्ताहरूले नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर भएको बताएका थिए । एमालेका केन्द्रीय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुनले नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनले पछाडी पारिएका समुदायको उत्थानका लागि ऐतिहासिक हुने बताए । उनले मुस्लिम मात्र नभई मधेशी, थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायको उत्थानका लागि महाधिवेशनले नेपालगन्ज घोषणा पत्र जारी गर्ने स्पष्ट पारे ।

नेकपा एमालेका केन्द्रीय सदस्य पसुपति दयाल मिश्रले पछिल्लो समय मरिसकेको राजतन्त्रलाई ब्यूताउने खेल भइरहेकोले यस प्रति सबै नागरिक सचेत हुनुपर्ने बेला आएको बताए । उनले संघीय गणतन्त्रले पछाडी परेका समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । नेपाल इत्तेहाद संगठनका केन्द्रीय कोषध्यक्ष तथा महाधिवेशनका संयोजका करिम खानले मुस्लिमको लागि आवाज उठाउने एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन सबैभन्दा पुरानो र ऐतिहासिक संगठन भएको बताए । उनले महाधिवेशनमा मुस्लिम समुदायको अधिकार र पहिचानको विषयमा गम्भिर छलफल र विमर्श हुने धारणा राखे ।
‘पछिल्लो समय महाधिवेशनको प्रचारप्रसार नेपालगन्ज नगरमा व्यापक भइरहेको छ’, महाधिवेशन तयारी समिति संयोजक खानले भने, ‘हामीले घर-घरसम्म महाधिवेशनबारे जानकारी दिने गरी प्रचारप्रसारका कार्यक्रम तय गरेका छौँ । ‘नगरमा व्यापक प्रचार गर्यौँ, अब बाँकेका विभिन्न पालिकाहरुमा पनि महाधिवेशनको प्रचारप्रसार सँगै स्थानीयसँग छलफल, अन्तरक्रिया गर्दै छौँ’, उनले भने ।’ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने निश्चित भैसकेको महाधिवेशन तयारी समिति संयोजक खानले जानकारी दिएका छन् ।

‘त्यसैले बाँकेका लागि आफ्ना चासोका कुराहरु राख्ने अवसर पनि हो महाधिवेशन’, उनी भन्छन् । ‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई भने, ‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको छ ।’ उनले महाधिवेशन उद्घाटनको अघिल्लो दिन बैशाख १९ गते नै प्रधानमन्त्री ओली नेपालगन्ज आइपुग्ने जानकारी दिए । ‘१९ गते नै हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र २० गते प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ’, उनले भने ।

मुस्लिम फाँट इन्चार्ज मो. हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । ‘महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिसहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने छन्,’ उनले भने । ‘इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो’, मो. हारुनले भने, ‘यसलाई सबै बाँकेवासीले सफल बनाउनु पर्छ ।’ उनले त्यसका लागि ८१ वटै वडामा महाधिवेशनको प्रचारप्रसारका कार्यक्रमहरु निरन्तरता दिएको जानकारी दिंदै महाधिवेशनका दिन हजारौँको सहभागितामा र्र्याली समेत आयोजना गरिने बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर पनि भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाल बताए । ‘जिल्लामा हुने जुनसुकै महाधिवेशनले पनि केन्द्रीय तहमा जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्न बल पुग्छ, केन्द्रमा जिल्लाको नेतृत्व पुग्नसक्छ’, एमाले नेता ढकाल भन्छन्, ‘केन्द्रमा जिल्लाको उपस्थिति बलियो हुँदा त्यसले जिल्लाका सवालहरु केन्द्रसम्म पुर्याउन पनि सजिलो हुन्छ ।’ अर्का नेकपा एमालेका केन्द्रीय पशुपति दयाल मिश्रले महाधिवेशनलाई सफल बनाउनका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, प्रतिनिधिसभा सदस्य दिपा शर्माले पार्टीको ८१ वटै वडा कमिटि इत्तेहादको महाधिवेशनको तयारीमा रहने बताइन् । ‘महाधिवेशन र्यालीमा पार्टीका ८१ वटै वडा कमिटिबाट बृहत जनसहभागिता गराइनेछ’, उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?