ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

बजेटको नयाँ बाटो खोज्दै लुम्बिनी सरकार

चालु आर्थिक वर्षमा करिब ३९ अर्बको बजेट ल्याइएकोमा आगामी वर्षमा ३२ अर्बको हाराहारीमा बजेट बन्ने प्रदेश सरकारका अधिकारीहरू बताउँछन् ।
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

लमही, १० बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जनमुखी र यथार्थपरक बनाउन निर्देशन दिएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सीमित स्रोतसाधनलाई ध्यानमा राखेर कार्यान्वयनयोग्य योजना तयार पार्नुपर्नेमा जोड दिए ।
“हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ,“ मुख्यमन्त्री आचार्यले भने “जति बजेटको सिलिङ्ग बनाइएको छ, त्यसै अनुसार जनसन्देश दिने कार्यक्रम समेटेर बजेट बनाउन जरुरी छ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।”

चालु आर्थिक वर्षमा करिब ३९ अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा ३२ अर्बभन्दा बढी बजेट बनाउन नसकिने स्पष्ट पार्दै उनले यसपटक घाटा बजेटबाट अघि नबढ्ने निर्णयमा प्रदेश सरकार अडिग रहेको बताए । उनले विगतका कमजोरीहरू दोहोर्याइने छैनन् भन्दै सुझावलाई परिमार्जन गरी बजेट तर्जुमा प्रक्रिया अगाडि बढाइने जानकारी दिर। समानिकरण अनुदान नपाउँदा थपिएको दायित्वबाट अब मुक्त भएको प्रदेश सरकारले अब ऋण बोक्ने र अनावश्यक भार थोपर्ने काम नगर्ने बताए ।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आयोजनाको अवस्था हेरेर बजेट मापदण्ड निर्माण गर्नुपर्ने धारणा राखे। उनले विगतमा क्षेत्र विकास कोषबाट आएका टुक्रे आयोजना घटाएर प्रभावकारी योजना समावेश गर्नुपर्ने बताए । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कार्यान्वयनमा आउने बजेट बनाउनुपर्नेमा जोड दिँदै आगामी वर्षदेखि प्रदेश सरकारलाई सवारीसाधन अनुमति पत्र छपाइको जिम्मेवारी आउने भएकाले त्यसलाई बजेटमा समावेश गर्नुपर्ने बताए। उनले उत्पादन, रोजगार र समृद्धि जोडिएका योजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले मातृ र बाल मृत्युदर, कुपोषणजस्ता समस्या समाधानमा बजेट केन्द्रित हुनुपर्नेमा जोड बताए । सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनेगरी भौतिक पूर्वाधार सुधारसँगै कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा, महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू बजेटमा समावेश गर्नुपर्ने धारणा राखे।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले आयोजनाको क्षेत्रअनुसार बजेटको सीमा तोकिनुपर्ने बताइन।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले दोस्रो आवधिक योजनाले तोकेको प्राथमिकता अनुरूप बजेट बनाइएमा धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

अन्त्यमा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले सेवा प्रवाह चुस्त बनाउने र जनताको विश्वास बढाउने कार्यक्रमलाई बजेटमा समावेश गर्न लागिएको जानकारी दिए। गरिबी निवारण, शिक्षा, स्वास्थ्य तथा जीवनस्तर सुधारका सूचकहरूलाई ध्यानमा राख्दै बजेट निर्माण अघि बढाइने उनको भनाइ थियो । छलफलमा प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राख्ने, मर्मत सम्भारमा ध्यान दिने, बहुवर्षीय दायित्व घटाउने तथा आयोजनाको संख्या घटाएर प्राथमिकिकरण गर्ने सुझावहरू प्रमुख रूपमा उठेको थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?