Butwal Today

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

१० बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १० बैशाख ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।थापाले २०३५ सालमा  प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।

प्रहरी महानिरिक्षक दिपक थापाले उनकाे निधन प्रति गहिराे दुःख ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?