ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

जिससका अध्यक्षको निगरानीमा राप्ती दोहन

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

बाँके,१० वैशाख।
जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरीको निगरानीमा राप्ती नदी दोहान भइरहेको छ । बाँकेको राप्तीसोनारी गाँउपालिकामा नियम विपरित क्रसर उद्योग सञ्चालन भए पनि समन्वय समितिले अनुगमनमै सिमित राखेको छ । अध्यक्ष चौधरीका अनुसार बाँकेमा कति ओटा क्रसर सञ्चालनमा रहेका छन् त्यो ठहाँ भएन र त्यसको बारेमा हामीले विवरण राख्ने काम गरेका छैनौ । उनले भने , हामी अनुगमन गछौँ गरिरहेका छौँ। तर ,उनि जिल्ला समन्वय समितिको अध्यक्ष भएको करिब ३ वर्ष पुगनै लागेको छ तर उनी क्रसर उद्योगलाई कारवाही भने गरेका छैनन् ।

क्रसर उद्योग सञ्चालन गर्नका लागि उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रलय उद्योग विभागका अनुसार वन निकुञ्ज तथा आरक्षा क्षेत्रबाट दुई किलोमिटर, घनाबस्तीबाट दुई किलोमिटर,राज मार्ग राइटअफ वे बाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक,सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमिटर हुनु पर्ने हो तर बाँकेको राप्तीसोनारी गाँउपालिका वडा ६ मा स्वार्गद्वरी क्रसर उद्योग र गाणेशपुरवा क्रसर उद्योगले यि कुनै पनि नियम पुरा गरेका छैनन् । ति दुईवटा उद्योग नभएर राप्ती सोनारी गाँउपालिमा सञ्चालन भएका कुनै पनि उद्योग मापदण्ड पुरा नगरेपनि जिल्ला समन्वय समितिको अध्यक्ष ज्ञानेन्द्र चौधरीले कारबाही गर्न सकेको छैनन् । यो सबै देख्दा अध्यक्ष चौधरीको मिलेमतो रहेको देखिन्छ ।

क्रसर उद्योग सञ्चालकहरुले रातदिन राप्ती नदीबाट ढुगां गिट्टी वालुवा दोहन गरिरहेका छन् भने अर्को तिर सम्बन्धित निकायहरु कारबाहीको निर्णय गर्छन तर कारबाही गर्न सक्दैनन् । यस्ता खुलेआम नियम विपरीत अवैध क्रसर सञ्चालन गरेको देख्दा पनि कारवाही नहुनु मिलेमाटे नहुने दुईमत छैन । राप्ती सोनारी गाँउपालिकामा सञ्चालनमा रहेका मध्ये चार ओटा क्रसर उद्योगहरु गाँउपालिकाबाट स्वीकृति लिइसकेको गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । ति चार ओट उद्योगहरुले कुनैपनि मापदण्ड पुरा गरेका छैनन् तर कसरी स्वीकृत भए ?त्यो आफुलाई पनि ठहाँ नभएको बताए । यो कुरा सुन्दा  पञ्छिन खोजिएको देखिन्छ ।

स्वर्गद्वरी र गणेशपुरवा क्रसर उद्योग अवैध र मनोमानी तरिकाले सञ्चालन भइरहेको राप्ती सोनारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलले बताए ।क्रसर उद्योगको अनुगमन तथा कारवाही जिल्ला समन्वय समितिको हो तर खै किन केही गर्न सकिरहेको छैन । कारवाही गर्न नसक्दा गम्भिर अवस्थामा रहेको देखिन्छ । वन क्षेत्रबाट कम्तीमा २ किलोमिटरको दुरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाउने सरकारले नियमै बनाएको छ तर बाँकेको राप्ती सोनारी गाँउपालिकामा पर्ने राप्ती नदीको किनार वरिपरि वन क्षेत्रमै क्रसर उद्योग सञ्चालनमा रहेका डिभिजन जन कार्यालय नेपालगंजका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । यसरी वन क्षेत्रलाई प्रभाव पारेर क्रसर उद्योग सञ्चालन हुदाँ पनि सम्बन्धित निकाय अहिलेसम्म पनि कारवाही गर्न सकेको छैन । यसरी वन क्षेत्रको किनारमा क्रसर जस्ता उद्योग सञ्चालन गर्दा जनावर र रुखविरुवामा समेत प्रतिकुल असर परिरहेको बताए ।

उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रलय उद्योग विभागका अनुसार सडक क्षेत्रबाट करिब २ मिटरको दुरीमा सञ्चालन गर्नदिनु पर्ने हो तर बाँकेको राप्ती सोनारी गाँउपालिका अन्तर्गत नेपालगंज देखि अगैयाको हुलाकी लोक राजमार्गमै टाँसिएर क्रसर उद्योग सञ्चालन भएका छन् तर पनि सम्बन्धित निकायले कारबाही गरेर अन्यत्र सर्न नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बाँकेका प्रमुख लिला बहादुर भण्डारीले बताए ।

क्रसर उद्योग सञ्चालनको लागि बाँकेमा धेरै उद्योगहरु नियम पालना नगरेको जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए । उनले भने, हामीसँग अहिलेसम्म कुनै पनि क्रसर उद्योगको विवरण छैन कारबाही कसरी गर्ने । विवरण नभएर एक्लैले जिल्ला समन्वय समितिले कारबाही कुनै हालतमा गर्न सक्दैन् । यो सब देख्दा अध्यक्ष चौधरीको मिलेमटो छैन भन्न सकिन्न ।यसरी खुलेआम प्रशासनलाई चुनौती दिँदै उद्योग सञ्चालन गर्नु जिल्ला समुन्वय समितिसँगको मिलेमतोमा मात्र गर्न सक्ने देखिन्छ । विभागले लागु गरेको नियम पालना नगर्नु मिलेमतो छैन भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?