ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कृषि क्षेत्रमा कस्तो हुनुपर्छ युवाको भूमिका ?

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

परिचयः
नेपालको हालको जनसंख्या २ करोड ९१ लाख रहेको वर्तमान सन्दर्भमा युवा उमेर समुह १५ देखि ६४ वर्ष उमेर समूहको जनसंख्या ६५ प्रतिशत रहेको छ । उद्योग क्षेत्रमा संलग्न आर्थिक रूपमा सक्रिय जनसंख्याको ५७ प्रतिशत जनसंख्या कृषि, वन र माछापालन व्यवसायमा आवद्ध रहेको देखिन्छ । निश्चित समयावधीमा यस प्रकारको जनसांख्यकी लाभांश केही अवधिको लागि आउने गर्दछ जुन अवसर अहिले हामीलाई प्राप्त भएको छ । हालको जनसंख्याको ६५ देखि ७० प्रतिशत जनसंख्या कुनै न कुनै तवरले कृषि पेशासंग आवद्ध रहेको वर्तमान अवस्थामा कृषि क्षेत्र नै सवैभन्दा बढी रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र रहन गएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान कृषि क्षेत्रको रहँदा यस क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गर्नु प्रमुख चुनौती रहेको छ ।

कृषि क्षेत्रमा विद्यमान चुनौतीहरूको समाधान गरी कृषि पेशालाई सम्मानित तथा मर्यादित पेशाको रूपमा विकास गर्न यस क्षेत्रमा युवा जनशक्तीको संलग्नता तथा आकर्षण बढाउनु आवश्यक देखिन्छ । हाल नेपालमा ठूलो समस्याको रूपमा रहेको युवा पलायनको समस्याले कृषि क्षेत्र समेत प्रभावित भएको छ । युवा जनशक्तिको ग्रमिण क्षेत्रवाट शहरी क्षेत्रतर्फको स्थानान्तरण र अन्तरदेशीय वसाईसराईको कारणले गर्दा अधिकाशं पहाडी ग्रामिण क्षेत्रहरूमा सक्रिय जनसंख्याको कमी भई कृषियोग्य जमिन बाँझो हुदै जाने समस्या विकराल रूपमा देखापरेको छ भने तराईको खेतीयोग्य जमिन र शहरी भुमीमा अत्याधिक दवाव परेको वर्तमान अवस्था छ । श्रममा आधारित नेपालको कृषि प्रणालीलाई व्यवसायीकरण गर्न दक्ष र अदक्ष दुवै प्रकृतिको युवा जनशक्तीको उपयोग गर्नु जरुरी छ ।

संघीय संरचना, कृषि र युवाः
नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुरूप संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमार्फत शासन व्यवस्था संचालन भैरहेको अवस्थामा कृषि शिक्षा, अनुसन्धान र प्रसार प्रणालीमा समेत वृहत परिवर्तन देखिएको छ । पछिल्लो समय प्रदेश सरकार अन्तरगतका कृषि ज्ञान केन्द्रहरू तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरू र नगरपालिका गाउँपालिकाहरूमा अपर्याप्त तथा रिक्त कृषि प्राविधिकहरू प्रदेश लोक सेवा आयोगमार्फत पदपुर्ति गरी कृषि प्रसारमा युवा जनशक्तिको प्रवेशमार्फत नवरक्तसंचारको सुनिश्चितता गर्ने प्रयास भैरहेको छ । शासकीय संरचनामा भएको परिवर्तनले समेत कृषि तथा पशुपन्छी क्षेत्रमा योग्य प्राविधिकहरूको प्रवेश र परिचालनको प्रशस्त अवसर सिर्जना गरेको छ ।त्रिभुवन विश्वविद्यालय कृषि र वन विज्ञान विश्वविद्यालय र प्रादेशिक कृषि विश्व विद्यालयहरूको सघन उपस्थिती र संचालनले विज्ञता सहितको जनशक्ति उत्पादन गरी प्राविधिक जनशक्तिको अभाव पूर्तिको लागि महत्वपूर्ण भुमिका खेलिरहेको देखिन्छ । तर यस क्षेत्रमा राज्यले स्पष्ट र वैज्ञानिक मानव संशाधन योजना र गुणस्तर नियमन विधि निर्माण तथा कार्यान्वयन गर्न नसक्दा उत्पादित युवा जनशक्तिको गुणस्तर, उपयोग र परिचालनमा समस्या देखिन थालेको छ । एकातिर उत्पादित युवा जनशक्ति देशभित्र अवसरको अभाव महशुस गरी विदेशिने क्रम बढ्दै गएको छ भने अर्कोतिर राज्यका संयन्त्रहरूमा युवा कृषि प्राविधिकहरूको प्रवेश हुन नसकी नेपाल कृषि अनुसन्धान परिषद् एवम् स्थानीय तह तथा प्रदेश सरकारमा प्राविधिक जनशक्तिको चरम अभाव खेपिरहनुपरेको अवस्था छ ।

युवा संलग्न र नीतिगत प्रयासहरूः
नेपालको संविधान २०७२ ले खाद्य, कृषि, भुमि व्यवस्था तथा भु–उपयोग, स्थानीय प्रजाती संरक्षण, बौद्धिक सम्पतीको हक र संरक्षण जस्ता विषयहरूमा विशेष व्यवस्था गरेको छ । नेपालको संविधानले सार्वजनिक निजी साझेदारीमार्फत उद्यम विकास र लगानी आकर्षण गरी दिगो आर्थिक वृद्धी र समृद्धी हासिल गर्ने उद्देश्य लिएको सन्दर्भमा कृषि क्षेत्रमा युवा संलग्नता र सुरक्षित लगानीको स्पष्ट मार्गनिर्देश गरेको छ । नेपाल सरकारले विभिन्न अवधिमा तयार गरी लागू गरेका १६ वटा आवधिक योजनाहरूमध्ये अधिकाशं योजनाहरूमा कृषि क्षेत्रले प्राथमिकता पाएको छ ।

हाल कार्यान्वयनमा रहेको १६ औँ आवधिक योजनाले समेत कृषि क्षेत्रलाई नेपालको आर्थिक विकासको एक प्रमुख क्षेत्रको रूपमा लिएको छ । यस योजनामा कृषि क्षेत्रमा युवा आकर्षण अभिवृद्धी गर्ने, नवप्रवर्तन प्रवर्धन गर्ने, युवालक्षित विशेष कार्यक्रमहरू संचालन गर्ने, कृषि विकासमा निजी क्षेत्रको लगानी आकर्षण गरी कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रूपमा अगाडी बढाउन विशेष कार्यक्रमहरू समेत प्रस्ताव गरेको छ । नेपाल सरकारले २०७२ मा स्वीकृत गरी लागू गरेको २० वर्षे कृषि विकास रणनीति, राष्ट्रिय कृषि नीति २०६१, कृषि व्यवसाय प्रवद्र्धन नीति २०६३, पुष्प प्रवर्धन नीति २०६९ लगायताका एक दर्जन भन्दा वढी कृषि सम्बन्धी नीतिहरूले कृषि क्षेत्रमा युवा संलग्नतालाई विशेष प्राथमिकता दिएका छन ।

युवा संलग्नता बृद्धिका प्रयासहरूः
नेपाल सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट बक्तव्यमार्फत युवा विशेष कृषि कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । कृषि विकास रणनीति कार्यान्वयनको लागि सहयोगी परियोजनाको रूपमा अगाडी सारिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उद्यमशीलता विकासका उदाहरणीय प्रयासहरूमा युवाहरूको महत्वपूर्ण सहभागिता रहेको छ ।

विभिन्न अन्य दातृ निकायहरूको सहयोगमा संचालित आयोजनाहरूमार्फत साना तथा मझौला कृषि उद्यम विकासका लागि लागत साझेदारीमा विभिन्न कार्यक्रमहरू संचालन गरिदै आएको छ । युवा कृषकको क्षमता विकास तथा सिप विकासका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको भुमिका सराहनिय रहदै आएको छ । युवा लक्षित कार्यक्रमहरू जस्तै व्यवसायीक तरकारी उत्पादन, पशुपालन, पुष्प व्यवसाय प्रवद्र्धन, मह तथा च्याउ उत्पादन, कृषि उपज वजारिकरण सहयोग कार्यक्रम, प्रशोधन उद्योग स्थापना, महिला लक्षित कार्यक्रम, उद्यमशिलता विकास कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आदी नेपाल सरकारवाट कृषि क्षेत्रमा संलग्न युवाहरूलाई प्रोत्साहन एवम् सहयोगका लागि संचालित सफल कार्यक्रमहरू हुन।

सारांशः
नेपालको पछिल्लो जनगणनाको तथ्यांक अनुसार हाल प्राप्त युवा जनशक्तिको जानसांख्यकी लाभाशंको अवसरलाई उपयोग गरी कृषि क्षेत्रमा युवा जनशक्तिलाई संलग्न गराई यस पेशालाई आकर्षक र सम्मानित पेशाको रूपमा विकास गर्न राज्यका हरेक संयन्त्र निरन्तर लाग्नुपर्ने आवश्यकता देखिन्छ । नेपालको आर्थिक विकासको संवाहक नै कृषि क्षेत्र भएको हुनाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी उत्पादित वस्तुको बजार पहुँच सुनिश्चित गराई आय आर्जनको प्रमुख माध्यमको रूपमा कृषि क्षेत्रलाई अगाडी ल्याउन युवा जनशक्तिको संलग्नता अपरिहार्य देखिन्छ । यसर्थ राज्यका सवै संयन्त्र, विकास साझेदार, कृषक, युवा उद्यमी, प्रसार कार्यकर्ता, अनुसन्धानकर्ता लगायत सरोकारवाला सवै निकायहरूको वलियो समन्वय र साझेदारी आवश्यक देखिन्छ ।

(देबकोटा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना भैरहवाका कृषि अधिकृत हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?