© २०२३
काठमाडौं ।
खानेपानी मन्त्री प्रदीप यादवले यस बर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस बर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताए । बर्षायाममा मेलम्ची खोलाबाट नभइ नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए । त्यस्तै उनले शिवपुरी लगाएतका स्रोतबाट व्यवस्थापन गरेर भएपनि उपत्यकाबासीलाई खानेपानीको कमी हुन नदिने दावी गरे ।मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानविन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए ।
पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउँदा सिमामा नै रोकिएको उनले गुनासो गरे । मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शत प्रतिसत लगानी राज्यले गर्ने उल्लेख गरे ।उनले देशका सबै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भएपनि बजेटका कारण केही समस्या आएको बताए ।