ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

भेरी अस्पताल नेपालगञ्जमा मृगौला प्रत्यारोपण सेवा सुरु

९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

नेपालगञ्ज, ९ वैशाख ।

भेरी अस्पताल नेपालगञ्जमा मंगलबारदेखि मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । मृगौला पीडित ४० र ३७ वर्षका दुई जना पुरुषको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गरिएको हो । यो सँगै भेरी अस्पताल मृगौला प्रत्यारोपण गर्ने लुम्बिनी प्रदेशकै पहिलो अस्पताल भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार मिर्गौला प्रत्यारोपण गर्नका लागि सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टिम नेपालगन्ज आएको छ । उक्त टिमले दुई जना बिरामीको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गरेको हो ।

मेसु डा. सुवेदीले सेवा सुरु भएसँगै अब महिनामा एकजना बिरामीको मृगौला प्रत्यारोपण गरिने बताए । ‘भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ, अब यो सेवा निरन्तर चल्छ, केही समयसम्म महिनामा एक पटक मृगौला प्रत्यारोपण गर्ने योजना बनाएका छौं,’ उनले भने ‘यो सेवालाई निरन्तरता दिनको लागि स्रोत साधन पनि खर्च हुन्छ ।’ अस्पतालमा हाल मृगौला प्रत्यारोपन गर्नका लागि यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ताले लाइसेन्स (अनुमति) प्राप्त गरिसकेका छन् । उनीसहित अन्य विशेषज्ञ चिकित्सकहरु पनि अस्पतालमा कार्यरत छन् ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मृगौला प्रत्यारोपण सेवाले भेरी अस्पतालको उचाई झनै बढाएको बताए । ‘मृगौला प्रत्यारोपण सेवाले अस्पतालको उचाई थपेको छ,’ उनले भने ‘अझैपनि अस्पतालमा सेवा थपिदै जानेछन् ।’ भेरी अस्पतालमा हाल कार्डियोलोजी, नेफ्रोलोजी, हेमोडाइलाईसिस, हेमाटोलोजी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, स्पाईन सर्जरी, अर्थोस्कोपिक सर्जरी, आईसियु, एनआईसियु सेवालगायतबाट विशिष्टकृत सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?