ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पृथ्वी सुरक्षामा सबैको ध्यान जाओस्

९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

आज विश्व पृथ्वी दिवस । हाम्रो शक्ति हाम्रो पृथ्वी भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ । पृथ्वीलाई जननी, धर्ती आदि शब्दले बर्णन गरिन्छ । त्यसले पृथ्वीलाई आमा र पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ । पृथ्वी दिवसको अवसरमा वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बिषयमा गंभीर बहस र मनन गर्ने बेला भएको छ । वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण होइन, यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामीजस्तै सुखी र फुलिरहोस् । विश्व पृथ्वी दिवसकै अवसरमा पर्यावरण संरक्षणको चुनौति छ । रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ जुन सामान्य कुरालाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सकिने भएकोले यसतर्फको चासो हुनु जरुरी छ । त्यसैगरी पृथ्वीमाथिको बढ्दो भार र अतिक्रमणले पृथ्वी असुरक्षित हुने चिन्ता बढ्दै गएको छ । पृथ्वी दिवस मनाईरहँदा नेपालले पनि पृथ्वी सुरक्षाको चिन्तामा खासै ध्यान दिएको छैन । सरकारी स्तरवाट औपचारिक कार्यक्रम गरेर दिवस मनाउने औपचारिकतामात्रै हुने गरेको छ । दिवसको सरकारी स्तरवाट चासो र चिन्ता व्यक्त नभएपनि वातावरणवीदहरूले पृथ्वीको चिन्ता गर्दै यसको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । प्राकृतिक प्रकोप र यसको विनासको असरले आम जनता प्रभावित हुनुपरेको छ । यसवीचमा पृथ्वीले विनासका अनेक लिला सिर्जना गरेको छ । त्यसमाथि यो वर्ष विश्वकै सवैभन्दा धेरै प्रदुषित शहरको सूचिमा नेपालको संघीय राजधानी काठमाण्डौं समेत परेको छ । यसले पनि चिन्ता थपेको छ । पृथ्वीमा हुने उहापोह जसले वातावरणदेखि अन्य अवयव प्रभावित हुन्छन । त्यसले प्रतिकूलता सिर्जना गरिरहेको छ । पृथ्वी जोगाउने विषयमा विश्वकै ध्यान पृथ्वी संरक्षण गर्नेतर्फ केन्द्रित हुनुपर्दछ । अहिले प्राकृतिक प्रकोपको अवस्था छँदैछ । पृथ्वी असन्तुलित हुनुको परिणामले धेरै क्षेत्रमा प्रभाव पर्न सक्छ । तसर्थ दिवसको अवसरमा यो विषयमा पनि विहंगम छलफल हुनु जरुरी छ । कतै बाताबरण विनास, प्रदुषण, बढ्दो जनसंख्या आदिका कारण यो अवस्था आएको त होइन ? पृथ्वीको चासो र चिन्तासंगै सुरक्षाको विषयमा पनि विश्वको ध्यान अव जानैपर्नेछ । पृथ्वीको सुरक्षा हामी सवैको भविष्यप्रतिको थप सुनिश्चितता हो ।

सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलोपटक यो दिवस मनाईएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ बोध गर्दै सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । अहिले यो दिवस विश्वका एकसय ९२ बढी देशमा मनाउने गरिएको छ । विश्व पृथ्वी दिवसकै अवसरमा पर्यावरण संरक्षणको बिषयमा अव गंभीर ढंगले सोच्नु जरुरी छ । रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ जुन सामान्य कुरालाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सकिने भएकोले यसतर्फको चासो हुनु जरुरी छ । पृथ्वीमा बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ । पछिल्लोसमय पृथ्वीको बढ्दो तापमान एउटा ठूलो चुनौतीका रूपमा देखापर्दैछ । पृथ्वीमाथिको बढ्दो भार र अतिक्रमणले पृथ्वी असुरक्षित हुने चिन्ता बढ्दै गएको अवस्थामा दिवसको अवसरमा पृथ्वीलाई सुरक्षित बनाउने बिषयमा अव सोच्न ढिलाई गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?