Butwal Today

दाउन्नेमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध

९ बैशाख २०८२, मंगलवार
अ+
अ-

नवलपरासी ।

नारायणगढ–बुटवल सडक खण्डको नवलपरासी दाउन्ने क्षेत्रमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यो सडक खण्डको दुवैतर्फ गाडी आवागमन पूर्णरूपमा अवरुद्ध हुँदा सयौं गाडी जाममा परेका छन् । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?