Butwal Today

‘चन्द्रौटा बजार’ सौन्दर्यकरण गर्न रोपियो सयौँ फुलका बिरुवा

९ बैशाख २०८२, मंगलवार
अ+
अ-

चन्द्रौटा, ०९ बैशाख ।

कपिलवस्तुको मुटुको रुपमा रहेको ‘चन्द्रौटा बजार’ पछिल्लो समय सौन्दर्यकरण हुना थालेको छ । शिवराज नगरपालिकाले चालू आर्थिक वर्षदेखि बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने योजना अघि बढाएको हो । गाउँदेखि शहरसम्मका व्यापारिक क्षेत्रको रुपमा विकसित भइरहेको चन्द्रौटा बजार क्षेत्र यतिबेला सुन्दरीकरण र व्यवस्थित बजारको रुपमा विकास भइरहेको देखिन्छ ।

जसअन्तर्गत सोमबार बजारको सडक पूर्वपश्चिम राजमार्गको डिभाइडर बिचमा मधुकामिनी, कल्की सिकोमा, करविर लगायत विभिन्न प्रजातिका २ सय फुलका बिरुवा रोपिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजारको मुहार फेर्ने उद्देश्यसहित सुरु गरेको यो अभियानलाई नगर प्रमुख अजय थापाले ‘सामूहिक जिम्मेवारी’ को संज्ञा दिएका छन् । स्थानीय बजार सुन्दर, सफा र व्यवस्थित बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नु पर्ने मेयर थापाको भनाई छ ।

सडकमा राखिएका गमलामा चार थरीको फुलका विरुवा रोपिएका छन् । गर्मीको समयमा फुलहरु फुल्नेछन भने, जाडोको समयमा हरियाली हुनेछ । सडकमा विरुवा रोपेर बजार सुन्दरीकरणसँगै नगरको रुद्रपर धर्मनगर शिवपुर खरेन्द्रपुर हाटबजार, चन्द्रौटामा हाइमास्ट, लगाइने भएको छ ।

यस्तै शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले बजार सौन्दर्यकरण सकारात्मक पक्ष रहेको बताएकी छन् । तर सबैको समन्वय, सहकार्यमा नगरको क्षेत्र अधिकारभित्र रहि विकास गर्न आवश्यक रहेको उनले जिकिर गरिन् । सौन्दर्यकरणको अभियानमा डिभिजन वन कार्यालय गौत्तमबुद्ध, डिभिजन सडक कार्यालय शिवपुर, वडा प्रहरी कार्यालय, मानव अधिकार प्रतिष्ठान, कपिलवस्तु होटल व्यवसायी संघ लगायतको सहभागितमा विरुवा रोपिएको हो । चन्द्रौटालाई आधुनिक र सुन्दर बजारका रूपमा चिनाउने अभियानलाई सफल बनाउने विश्वास लिइएको छ ।

यता चन्द्रौटाका स्थानीय बासिन्दाहरूले सडकबीचमा अनाधिकृत रुपमा राखिएको गमला र डिभाइडरलाई नगरप्रमुख अजय थापाले ‘स्टन्टबाजी’ गरेको भन्दै आलोचना गरेका छन् । सडक डिभिजन कार्यालयले मात्र गर्न मिल्ने काम नगरपालिकाले जबरजस्ती गरेर कानुनी प्रक्रिया उल्लंघन गरेको जनाएका छन् । बजार सौन्दरर्यकरण हुनु सकरात्मक रहेको तर पूर्व–पश्चिम राजमार्ग स्तरोनन्तीको कार्य भइरहेकोले अनावश्यक खर्च भएको भन्दै दावी गरेका छन् ।

oppo_0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?