© २०२३
काठमाडौं ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर रिट तथा पूरक निवेदनको सुनुवाइ तेस्रो दिन पनि हुन सकेन। अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी आज पनि ‘हेर्न नभ्याइने’मा परेको हो।
रिटमा गभर्नरको उमेरसम्बन्धी योग्यता हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ। साथै पूरक निवेदनमार्फत राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न आग्रह गरिएको छ।
आज उक्त मुद्दा न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा १७ औँ नम्बरमा राखिएको थियो। तर समय अभावका कारण सुनुवाइ हुन सकेन।
यसअघि आइतबार सोही मुद्दाको पेसी ४० औँ नम्बरमा र सोमबार १३ औँ नम्बरमा तोकिएको थियो। तर दुवै दिनमा पनि सुनुवाइ हुन नसकेपछि अब सुनुवाइ कहिले हुने हो भन्ने निश्चित छैन।