© २०२३
नेपालगञ्ज, ९ बैशाख
रुपन्देहीको तिलोत्तमामा आयोजित अन्तराष्ट्रिय कराटे प्रतियोगितामा विभिन्न पदक जित्न सफल खेलाडीलाई आज राप्ती सोनारी गाउँपालिकाले सम्मान गरेको छ ।
राप्ती सोनारी गाउँपालीकाको प्रतिनिधित्व गर्दै यहि बैशाख ५ र ६ गते तिलोत्तमामा भएको प्रतियोगितामा सहभागी भई विजेता तथा विभिन्न पदक जित्न सफल खेलाडीलाई गाउँपालिकाले खादा र टिका लगाएर सम्मान गरेको हो । पालिका स्तरीय काराटे प्रशिक्षक भक्त रानामगर, पालिका स्तरिय खेलकुद प्रशिक्षक प्रताप थारु र पदक जित्न सफल खेलाडीलाई गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल तथा उपाध्यक्ष मनिशा सिंह थारुले बधाई सहित सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, बङ्गलादेश, भुटान र नेपाल सहित ४ मुलुकका २५० बढी कराटेका खेलाडीहरु सहभागी रहेकामा राप्ती सोनारीका खेलाडीले ५ स्वर्ण सहित ३ रजत र ६ काश्य पदक जित्न सफल भएका थिए ।
प्रतियोगितामा राप्ती सोनारीका आरोही थारु, सुरज नेपाली, याकुब पुन, रोशन थारु र अमृत थारुले स्वर्णपदक जित्न सफल भएका थिए । यस्तै डेनिशा वली, अमृता खड्का र प्रबिन बि क ले रजत पदक जितेका थिए भने अमिशा वली, आरोही थारु, भुपेश डाँगी, प्रबिन बि क, कृष्णा राना र प्रेणा कुमालले कास्य पदक जितेका थिए ।