ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

स्वास्थ्य मन्त्रीकै जिल्लाको अस्पतालः सरकारीमा उपचार नपाउँदा निजीतर्फ बिरामीको लर्को

६४ जना स्वीकृत दरबन्दी रहेको पाल्पा अस्पतालमा स्थायी पदपूर्ति २७ जना रहेको छ ।
९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

पाल्पा, ०९ वैशाख ।
प्रदेशमै जेठोमध्येको पाल्पा जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँ आउने विरामी बढी मूल्य खर्चिएर निजी अस्पतालमा जान बाध्य भएका छन् । अस्पतालमा विषय विशेषज्ञ सेवा प्रदान गर्ने भनिए पनि वर्षाैंदेखि कागजमा माग दरबन्दी सीमित हुँदा विशेषज्ञ सेवाका लागि अन्यत्र जान सेवाग्राही बाध्य भएका हुन् । पाल्पाबाट खेमबहादुर सारुले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिइरहेका छन् ।

वि.सं. १९९७ सालमा तत्कालीन राजा पृथ्वी विरविक्रम र ताकालिन प्रधामन्त्री चन्द्र शमशेरका समयमा हैजा नियन्त्रण गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जाका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको हो । समय अनुसार आरोह अवरोह खेप्दै १५ शैयाबाट ५० शैयाको अस्पतालमा परिणत हुँदासम्म पनि विशेषज्ञ सेवाका लागि युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, बुटवल, काठमाडौं, पोखरा, भैरहवा जस्ता ठूला अस्पतालहरूमा महँगो रकम तिरेर जानुपर्ने बाध्यता रहेको स्थानीय कल्पना ज्ञवालीले बताईन् ।

लुम्बिनी प्रदेश सरकारले १५ शैयाबाट ५० शैयाको अस्पतालमा आर्थिक वर्ष २०७७/०७८ मा परिणत गर्ने घोषणा गरेपनि यो सरकारको लोकप्रियताका लागि मात्र भएको छ । ११ औँ तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर हाल एक जना मात्रै कार्यरत छन् । ती एक जना ११ औँ तहको कार्यालय प्रमुख हुन् । तर उनी हप्तामा दुुई/तीन दिन मात्रै अस्पतालमा हाजिर हुन्छन् ।

मेडिकल सुुपरिडटेण्डेन, कन्सल्टट्यान्ट साइक्याट्रिक्स, कन्सल्टट्यान्ट अर्थोसर्जन, कन्सल्टट्यान्ट प्याथोलोजिष्ट, कन्सल्टट्यान्ट रेडियोलोजिस्ट, कन्सल्टट्यान्ट एनस्थेसियोलोजिस्ट, कन्सल्टट्यान्ट जनरल सर्जन, कन्सल्टट्यान्ट सर्जन, कन्सल्टट्यान्ट अब्सट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट, कन्सल्टट्यान्ट पेडियाट्रिसियन, कन्सल्टट्यान्ट जनरल फिजिसियन जस्ता विशेषज्ञको दरबन्दी तोकिए पनि अहिलेसम्म पूर्ति हुन सकेको छैन् । अस्पतालमा ६ जना मेडिकल अधिकृतको समेत दरबन्दी रहेको छ । तर अधिकांश मेडिकल अधिकृत छात्रवृत्ति करारका छन् । ६४ जना स्वीकृत दरबन्दी रहेको छ । अहिले स्थायी पदपूर्ति २७ जना रहेको छ । दरबन्दी, करार, कार्यक्रम, छात्रवृत्ति तथा समिति करार गरी ८४ जना कर्मचारी कार्यरत रहेका छन् ।

भौतिक पूूर्वाधार र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताए । उनले दरबन्दीअनुसारका डाक्टर नभए पनि छात्रवृत्ति तथा समिति करारमा डाक्टरहरू राखेर सेवा दिदैं आएको बताए । ‘हामी सेवामा प्रतिबद्ध छौं’, उनले भने, ‘अहिले हामीसँग दक्ष जनशक्ति र भौतिक पूूर्वाधारको अभाव छ यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।’

पछिल्लो समय पाल्पाली जनता भाग्यमानी हुन् । तानसेनका एक निजी विद्यालयका प्रिन्सिपल प्रदेश सभा सदस्य हुँदै स्वास्थ्यमन्त्री बनेका छन् । मन्त्रीलाई अस्पतालले निरीक्षणको क्रममा पटक–पटक लिखित र मौखिमरूपमा जानकारी गराउँदा पनि आश्वासन बाहेक केही पनि पाएन । अस्पतालका प्रशासन प्रमुख डोमराज अर्याल भन्छन्‘ सरकारले दरबन्दी मात्र दियो, डाक्टर दिएन ।’

अस्पताल जस्तो संवेदनशील ठाउँमा राजनैतिक ठाडो हस्ताक्षेपका कारण पनि सरकारी स्वासथय संस्थाहरू थला परेका छन् । सरकारी अस्पताल भए पनि सरकारकै बेवास्ताका कारण दरबन्दी अनुसार डाक्टर नहुनुु र भौतिक पूर्वाधारको समस्याले थला परेको पाइन्छ । ५० वर्ष अगाडि निर्मित भवन पुरानो र जिर्ण हुँदा पानी चुहिने समस्या अस्पतालमा छ । उपचार भन्दा पनि रेफर सेन्टरको रूपमा परिणत भएको अस्पतालको हाल ७ रोपनी जग्गा छ । अस्पतालसँगै जोडिएको मोहन कन्या माविको छात्रावास रहेको जग्गा प्राप्तिका लागि केही वर्षयता पहल हुँदै आए पनि अहिलेसम्म सहमति पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?