© २०२३
बुटवल, ९ बैशाख । रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगितामा साग एकेडेमी गुजरात भारत र गण्डकी प्रदेश भलिवल संघ विजयी भएका छन् ।
मणिमुकुन्द भलिबल क्लबको आयोजनामा सोमबार राती भएको खेलमा गण्डकी प्रदेश भलिवल संघले कोशी प्रदेश भलिवल संघलाई २५–१७, २५–१३, २५–२२ बनाउँदै सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको गण्डकीका खेलाडी बिष्णु क्षेत्रीलाई नगद सम्मान गरिएको थियो । दोस्रो खेलमा साग एकेडेमी गुजरातले विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गरेको हो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो र दोस्रो सेट २५–२३, २५–२० अंकको जितसंग साग गुजरातले अग्रता लिएको थियो । तेस्रो सेटमा भने बिभागिय टिम त्रिभुवन आर्मी २५–१२ को अंकसहित जित निकाल्दै फर्कियो । चौथौ सेटमा भारतको साग गुजरातले २५–२२ अंकले विजयी भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका साग गुजरातका आरएन बलियान नगदसहित सम्मानित गरिएको थियो ।
मंगलबारको पहिलो खेल आयोजक मणिमुकुन्द भलिवल क्लब, तिलोत्तमा र विभागिय टिम एपिएफ क्लब, काठमाडौ बिचमा हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र विभागिय टिम नेपाल पुलिस क्लब बिच हुने अफीसियल रेफ्री रामबहादुर थापाले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिता १३ गतेसम्म सन्चालन हुने छ ।