© २०२३
आज विश्व पृथ्वी दिवस । हाम्रो शक्ति हाम्रो पृथ्वी भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ । पृथ्वीलाई जननी, धर्ती आदि शब्दले बर्णन गरिन्छ । त्यसले पृथ्वीलाई आमा र पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ । पृथ्वी दिवसको अवसरमा वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बिषयमा गंभीर बहस र मनन गर्ने बेला भएको छ । वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण होइन, यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामीजस्तै सुखी र फुलिरहोस् । विश्व पृथ्वी दिवसकै अवसरमा पर्यावरण संरक्षणको चुनौति छ । रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ जुन सामान्य कुरालाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सकिने भएकोले यसतर्फको चासो हुनु जरुरी छ । त्यसैगरी पृथ्वीमाथिको बढ्दो भार र अतिक्रमणले पृथ्वी असुरक्षित हुने चिन्ता बढ्दै गएको छ । पृथ्वी दिवस मनाईरहँदा नेपालले पनि पृथ्वी सुरक्षाको चिन्तामा खासै ध्यान दिएको छैन । सरकारी स्तरवाट औपचारिक कार्यक्रम गरेर दिवस मनाउने औपचारिकतामात्रै हुने गरेको छ । दिवसको सरकारी स्तरवाट चासो र चिन्ता व्यक्त नभएपनि वातावरणवीदहरूले पृथ्वीको चिन्ता गर्दै यसको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । प्राकृतिक प्रकोप र यसको विनासको असरले आम जनता प्रभावित हुनुपरेको छ । यसवीचमा पृथ्वीले विनासका अनेक लिला सिर्जना गरेको छ । त्यसमाथि यो वर्ष विश्वकै सवैभन्दा धेरै प्रदुषित शहरको सूचिमा नेपालको संघीय राजधानी काठमाण्डौं समेत परेको छ । यसले पनि चिन्ता थपेको छ । पृथ्वीमा हुने उहापोह जसले वातावरणदेखि अन्य अवयव प्रभावित हुन्छन । त्यसले प्रतिकूलता सिर्जना गरिरहेको छ । पृथ्वी जोगाउने विषयमा विश्वकै ध्यान पृथ्वी संरक्षण गर्नेतर्फ केन्द्रित हुनुपर्दछ । अहिले प्राकृतिक प्रकोपको अवस्था छँदैछ । पृथ्वी असन्तुलित हुनुको परिणामले धेरै क्षेत्रमा प्रभाव पर्न सक्छ । तसर्थ दिवसको अवसरमा यो विषयमा पनि विहंगम छलफल हुनु जरुरी छ । कतै बाताबरण विनास, प्रदुषण, बढ्दो जनसंख्या आदिका कारण यो अवस्था आएको त होइन ? पृथ्वीको चासो र चिन्तासंगै सुरक्षाको विषयमा पनि विश्वको ध्यान अव जानैपर्नेछ । पृथ्वीको सुरक्षा हामी सवैको भविष्यप्रतिको थप सुनिश्चितता हो ।
सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलोपटक यो दिवस मनाईएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ बोध गर्दै सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । अहिले यो दिवस विश्वका एकसय ९२ बढी देशमा मनाउने गरिएको छ । विश्व पृथ्वी दिवसकै अवसरमा पर्यावरण संरक्षणको बिषयमा अव गंभीर ढंगले सोच्नु जरुरी छ । रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ जुन सामान्य कुरालाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सकिने भएकोले यसतर्फको चासो हुनु जरुरी छ । पृथ्वीमा बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ । पछिल्लोसमय पृथ्वीको बढ्दो तापमान एउटा ठूलो चुनौतीका रूपमा देखापर्दैछ । पृथ्वीमाथिको बढ्दो भार र अतिक्रमणले पृथ्वी असुरक्षित हुने चिन्ता बढ्दै गएको अवस्थामा दिवसको अवसरमा पृथ्वीलाई सुरक्षित बनाउने बिषयमा अव सोच्न ढिलाई गर्नु हुँदैन ।