Butwal Today

सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढ्यो

९ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ९ वैशाख ।

सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।