© 2026
भैरहवा, ०९ बैशाख ।
अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मामाथि रूपन्देहीको मर्चवारमा तस्करहरूको समूहले सांघातिक आक्रमण गरेको छ । सोमबार समाचार संकलनका लागि मर्चवार जाने क्रममा तस्करहरूले आक्रमण प्रयास गरेका हुन् । घटना पछि लुम्बिनी प्रेस क्लब, रूपन्देही र नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै पत्रकार घटनाको भत्र्सना र निन्दा गरेका छन् । साथै विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने तस्करहरूको समूहलाई कारबाहीको माग गरेको छ ।
भैरहवाबाट संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि जाने क्रममा जिल्लाको मायादेवी गाउँपालिका–६, मकरीमा पत्रकार विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरूको समूहले घेरा हाली सांघतिक आक्रमण प्रयास गरेको थियो । ‘समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि पत्रकार विश्वकर्माले भिडियो खिच्ने क्रममा तस्करहरूको समूहले आक्रमण प्रयास गरेको हो’, प्रेस क्लब, पत्रकार महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दीपेश यादव नेतृत्वको सात–आठ जना तस्करहरूको समूहले पत्रकार विश्वकर्माको झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचय पत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाउने काम गरेका थिए ।’
यस्तै, पत्रकार विश्वकर्माले तस्करी भइरहेको दृश्य क्यमेरामा कैद गरेकोमा प्रहरीकै अगाडि जवरजस्ती उक्त भिडियो डिलिट गराएका छन् । बन्धक बनाउने क्रममा तस्करहरूको समूहले साम्प्रदायिक रूपमा गालीगलौज गरी अपशब्दहरू समेत प्रयोग गरेको पत्रकार विश्वकर्माले बताए । केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरूले क्यामेरा र मिडिया हाउसको परिचय पत्र भने फिर्ता गरेका थिए । तस्करहरूले क्यामेरा खोस्नेक्रममा पत्रकार विश्वकर्माको क्यामेरा समेत टुटफुट भएको छ ।
सीमा क्षेत्रमा भइरहेको खुलेयाम तस्करीको दृश्य देख्दा एउटा जिम्मेवार पत्रकारले नजरअन्दाज गर्नै सक्दैन । मुख्य सडकमार्गमै भइरहेको खुलेयाम तस्करीको भिडियो खिचेकै भरमा पत्रकार विश्वकर्मामाथि भएको दुव्र्यवहार र संचार उपकरण खोसी फुटाउने कार्यको नेपाल पत्रकार महासंघले घोर भत्र्सना र निन्दा गर्दछ’, विज्ञप्तीमा भनिएको छ । उक्त कार्यमा संलग्न दीपेश यादव नेतृत्वको तस्करहरूको समूहलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन र क्यामेराको क्षतिपूर्ति भराइदिन प्रहरी–प्रशासनसहित सम्बन्धित निकायसँग जोडदार माग समेत गरेको छ । यसैगरि जिल्ला प्रहरी कार्यलय रूपन्देहीले पत्रकार माथी दुव्र्यवहार एबं हातपातको प्रयास गर्नेलाई आबश्यक कारबाही गर्ने जानकारी दिएको छ ।