ट्रेंडिंग:

>> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

दाङ, ८ बैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा कुपोषण, बाल मृत्यु दर, मातृ मृत्यु दर भयावह रुपमा देखा परेको हुँदा यसको चुनौति सामना गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोग र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा आज लमहीमा आयोजित स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच विषयक खाद्य प्रणाली संवाद कार्यक्रममा उनले हाल देखा परेका समस्याहरु समाधान गर्न स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालय मिलेर योजनासहितको काममा जुट्न जरुरी रहेको बताए ।

मुख्यमन्त्री आचार्यले बढ्दो कुपोषण, कम तौल, ख्याउटेपनलगायत समस्या निराकरण गर्न विद्यालयमा कखरा सिक्ने बालबालिकाबाट पोषणयुक्त खानाको सचेतना जगाउनु पर्ने बताए । ‘लुम्बिनी प्रदेशमा बाल मृत्यु दर, मातृ मृत्यु दर भयावह रुपमा बढेको छ । प्रदेशका सबै पालिकामा पोषण सुरक्षाका बारेमा सचेतना अभियान चलाउन अब ढिलाई गर्नु हुँदैन’ उनले भने, ‘जहाँ सुगम छ त्यहाँ संघसंस्थाहरुलेपनि कामको प्राथमिकता दिने अवस्था छ । दुर्गम पालिकाहरुमा पनि अब खाद्यान्नमा ध्यान दिनुपर्ने छ ।’ उनले पोषणको अवस्था सुधारका लागि समस्याग्रस्त पालिकाहरुको पहिचान गरेर काम गर्ने वातावरण बनाउन प्रदेश सरकारले ध्यान दिने बताए ।

उनले नेपालीको भान्सामा रैथाने बाली हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे। रैथाने बालीको अवस्था लोप हुनु नै पोषणमा चुनौति थपिने आधार हो । जसमा पर्याप्त पोषण हुन्छ । जौ, मकै, कोदो, फापर बाली अहिले लोप हुने अवस्थामा छ । ती खाद्य बस्तुको संरक्षण गरेर लैजान जरुरी छ’ उनले भने, ‘हिजोका दिनमा हुने खानेले चामल खाने, नहुनेले कोदो, आटो खाने अवस्था थियो । तर, आज परिस्थिती बदलिएको छ । हिजो नहुनेले खाने कुरा आज पोषणको भण्डार सावित भएको छ । ‘हाम्रा विद्यालय, स्वास्थ्यकर्मी, संघसंस्था, सरोकार निकाय, मन्त्रालय सबैले नीति निर्माण गरेर कुपोषण कम गर्न काम गर्न प्राथमिकतामा ध्यान दिनुपर्नेछ’ उनले भने, ‘प्रदेशमा देखा परेको भयावहको स्थिती कम गर्न विशेष योजना बनाएर काम गर्न ध्यान दिन हामी सबै जुटेर अघि बढौँ । मानवीय स्वास्थ्य सुरक्षामा ध्यान दिन सकिएन भने बढ्दो स्वास्थ्यका जोखिम सामना गर्न अझ कठिन हुनेछ । ’
कार्यक्रममा प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले खाद्यमा विषादीका अस्वाभाविक प्रयोगले नसर्ने रोगको जोखिम बढ्दै गएको हुँदा रोकथाममा ध्यान दिनुपर्ने बताए । बालबालिकाहरुमा पत्रुखाना कम गर्दै घरमै बनाईएका पोषणयुक्त खानेकुरा खाने बानी बसाल्न जरुरी रहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा।जयबहादुर टण्डनले कृषिका कुरा धेरै हुने तर काम थोरै हुने प्रवृति रहेको बताए । उनले १६ औँ राष्ट्रिय योजनामा कृषि क्षेत्र परेको भन्दै अब यसलाई व्यवहारिक कार्यान्वयन गर्न सबै जुट्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा अहिले पनि कुपोषणको दर उच्च रहेको पाईएको छ । लुम्बिनी प्रदेश योजना आयोगका अनुसार, प्रदेशमा २५ प्रतिशत पुड्कोपना, १६ प्रतिशत ख्याउटेपन, २३ प्रतिशत कम तौत तथा ४९ प्रतिशतमा रक्त अल्पता रहेको छ । प्रदेशमा खाद्यान्नको पहुँच १ सय ९० केजी सिफारिस भएकोमा २ सय ८० किलो उपलब्धता रहेको छ । तर, तरकारी १ सय केजी सिफासिर भएकोमा ८० किलो उपलब्ब्ध रहेको, फलफूल ३० किलो सिफारिस भएकोमा २८ किलो उपलब्ध भएको, दलहन २६ किलो सिफारिस भएकोमा ९ किलो मात्रै उपलब्ध भएको तथा तेलहन १६ किलो सिफारिस भएकोमा ४ किलो मात्रै उपलब्ध रहेको कृषि विकास निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

कार्यक्रममा सहभागीहरुले बढ्दो कुपोषण कम गर्न समुदाय स्तरमा सचेतनासँगै राज्यको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् । विकास पूर्वाधारलगायतका क्षेत्रमा राज्यको लगानी प्राथमिकतामा पर्दा नागरिकको खाद्य सुरक्षा र सम्प्रभुतामा असर परिरहेको भन्दै स्वस्थ नागरिक बनाउन खाद्य सुरक्षाका क्षेत्रमा अबको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याईएको छ । विविधताका ध्यान दिन नसकेको, एकै खालका फलफुल मात्रै खाने गरेको, प्रोटिनयुक्त खानाको कमी, दूग्धजन्य पदार्थको उपभोगमा कमी, घिउ तथा तेलको प्रयोगमा कमी, खानपानमा अन्धविश्वास, नुनको अत्यधिक प्रयोग, असुरक्षित पानीको प्रयोग, शारिरीक परिश्रममा कमी, पत्रुखानाको उपभोगमा वृद्धि तथा खानपीनमा बढ्दो असन्तुलनले खाद्य प्रणालीमा असर परिरहेको विज्ञहरुको भनाई छ ।

नेपालमा खाद्य सुरक्षित जनसंख्या ८७ प्रतिशत रहेको भए पनि अझै केही प्रदेशमा भने राष्ट्रिय औषतभन्दा कम रहेको छ । केन्द्र सरकारको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ र नियमावली २०८० कार्यान्वयनको चरणमा रहेको बताईएको छ । तर, लुम्बिनी प्रदेशमा खाद्य सुशासन तथा खाद्य प्रणाली रुपान्तरणका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन हुन सकेको छैन ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्याल, जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष द्रोर्ण खत्री, नगरपालिका महासंघ लुम्बिनीका अध्यक्ष खिलध्वज पन्थी, गाउँपालिका महासंघ लुम्बिनीका सदस्य भक्तबहादुर जिसी, डब्लु एचएचका कन्ट्री निर्देशक सकिब नवी, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष जीतकुमारी बेल्बासे लगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण आयोगका सदस्य भुवन चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?