ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

प्लाष्टिक तस्करीले उद्योगलाई धक्का

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

नवलपरासी, ०८ बैशाख ।
नेपालकै पहिलो प्लाष्टिक बोतलबाट दाना बनाउने रामग्राम १० स्थित गणेश ओभरसिज प्रालिको उद्योगमा अहिले कच्चा पदार्थ अभाव हुँदा संकटमा परेको छ । सो उद्योगका लागि आवश्यक पर्ने पुरानो पानीको बोतल (कच्चा पदार्थ) को रूपमा चाहिने तर तस्करी भएर भारत तर्फ जाँदा उद्योग संकटमा रहेको उद्योग ब्यवस्थापनले जनाएको हो । नेपाल सरकारकै आग्रहमा आफूले नेपालमा ७० करोड लगानी गरि उद्योग लगाइएको जानकारी उद्योगका प्रबन्धक सुधिर शर्माले गराए । उद्योग बाणिज्य संघद्वारा उद्योगका समस्या तथा सुझाव संकलन अभियान अन्तर्गत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता र पत्रकार महासंघका सहसचिव सद्दा हुनेस सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । सरकारको आग्रहमा कम्पनीले पहिला नेपालमा सर्वेक्षण गरेको थियो, उनले भने, सर्वेक्षणमा मासिक २ हजार मे.ट. बोतल कबाडीको रूपमा निस्कने आधार बनेको थियो । त्यसकै आधारमा अहिले १ हजार २ सय मे.ट. क्षमताको उद्योग स्थापना गरि प्लान्ट जडान गरिएको छन् । ८० भन्दा बढी कामदार र मजदुर निरन्तर काम गर्ने गरेको उनले सुनाए । तर अहिले बोत्तर जस्ता कबाडीको चोरी निकासी हुदा उद्योगलाई संकलन निम्त्याएको छ । यसबारे सुरक्षा निकायका अधिकारी (डिआईजी) सम्म कुरा गरिएको छ । तर सुनुवाई भन्ने भएको छैन ।

उनका अनुसार अहिले उद्योगमा बढीमा ३ सय मे.ट.सम्म मात्र कच्चा पदार्थको रूपमा कबाडी बोतलहरू आपुर्ति भई रहेका छन् । त्यसले उद्योगका प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या रहेको बताए । यसले अब उद्योगको उत्पादन मात्रै घट्ने होईन्, रोजगारी समेत कटौती गर्नु पर्ने बाध्यता निम्त्याएको छ । उत्पादन कम हुदा सरकारलाई बुझाईने आयकर लगायतका विभिन्न राजस्व पनि कम हुने स्वतः सिद्ध छ । राज्यले राजस्व र रोजगारीको कुरा गर्छ,उनले गुनासो गरे,तर सरकारी संयन्त्र खास गरि सुरक्षा निकायले नै असहयोग गरिदिदा कच्चा पदार्थ चोरी निकासी भई भारत जाने गर्छ । यसले केही सुरक्षा अधिकारीलाई खाजस्व त हुन्छ, तर राज्यका लागि राजस्व कम हुने निश्चित छ । यो सरकारी प्रणालीमा भष्टाचारको एक आधार हो ।वातावरण प्रदुषण गर्ने कबाडीलाई ब्यवस्थित गरी राज्यलाई राजस्व र जनतालाई रोजगारीको अवसर प्रदान गर्दै आएको उद्योगप्रति सरकारी सहजीकरण भन्दा असहयोग गरि विस्थापन गर्ने वातावरण बन्दै गएको उदाहरण पनि हो । कबाडी बोतल उद्योगले प्रति केजी ६५ रुपियाँमा खरिद गर्दै आएको छ । त्यही कबाडी बोतल सिमा कटाएर भारतमा पुर्याउदा प्रति केजी ७५ रुपियाँमा कबाडी कारोबारी तथा तस्करले काम गर्ने गरेका छन् ।

नेपाल र भारतको मूल्यमा प्रति केजी १० रुपिया फरक छ । त्यसमा निकासी भन्सार पनि छैन् । यसरी नेपालको पानीको बोतल जन्य कबाड मात्रै मासिक १३ करोड मुल्यको हुन्छ । भारत पु¥याउदा १५ करोड पुग्छ । नेपाल भन्दा भारतमा पुर्याउदा मासिक रूपमा ३ करोड बढिको फरक छ । तिनै ३ करोड मध्ये केही अंश रकम ब्यपारी र तस्करले सिमामा बस्ने प्रहरीलार्ई मिलाएर भारत पु¥याउने गरेको तथ्यले देखाउछ । तस्करले मासिक रूपमा नाफाको ५० प्रतिसत मात्रै प्रहरीमा खर्चिदा पनि डेढ करोड नाफा हुने हुदा नेपाली उद्योग धारासायी हुन वा जेसुकै होस डेढ करोड नाफा पाउने देखाउँछ । उद्योगले मासिक आफ्ना कामदारलाई २४ लाख ज्याला बुझाउँदै आएको छ । उद्योगले नियमित विद्युत महशुल बुझाउदै छुट समेत लिँदै आएको छ । त्यो मात्रै नभई त्यही दाना पुनः भारतमा बैधानिक निकासी गरि निकासी राजस्व समेत बुझाउने गरेको छ । तर नेपालको सरकारी संयन्त्र उद्योग र लागनी मैत्री नहुँदा लगानीकर्ता निरुत्साही हुँदै गएको देखिन्छ ।

सरकारी कर्मचारी तन्त्रमा मौलाउदै गरेको भ्रष्टाचारले नेपालको उद्योगधन्दा, ब्यापार ब्यवसाय मात्र नभई अर्थतन्त्रलाई नै प्रभावित बनाउने अनुमान यहिँ एउटा उद्योगले पनि प्रष्टाउँछ । यसले गर्दा भारतिय सिमा क्षेत्रमा जहाँतही कबाड भण्डार गरिएको देख्न सकिन्छ । मौका मिलाई प्रहरीको सहयोगमा भारत तर्फ निकासी गर्ने गरिएको छ । उद्योगको समस्याबारे आफूहरूले सम्बन्धित निकायमा पु¥याउने संघका उपाध्यक्षद्वयले प्रतिवद्धता जनाएका थिए । सघले पु¥याए पनि कबाडी तस्करी रोकिएला जस्तो लाग्दैन । प्रहरी र प्रशासनलाई पनि रकम नै चाहिन्छ । तस्करले बुझाउने रकम उद्योगले बुझाओस भन्ने चाहना प्रहरी प्रशासनको हुन्छ । तर उद्योगले नेपालमा बैधानिक रूपमा सञ्चालन हुँदै राजस्व बुझाउदै आएको हुँदा अबैध रकम बुझाउन चाहँदैन । दाना उद्योगको समस्या सहित जिल्लाका समग्र उद्योग ब्यवसाय तथा सिमा नाकाका समस्याबारे उद्योग बाणिज्य संंघले संसदिय समितिलाई समेत जानकारी गराएको थियो ।

जिल्लामा आएका समितिका सभापति पूर्वमन्त्री समेत रहेका साँसद अब्दुल खान सहितको उक्त संसदिय समितिले अध्ययन र सुझाव संकलन गरेको भन्सार कर्मचारी तथा सरोकारवाला संघसस्थासँग सुझाव संकलन गरेको थियो । उक्त टोलीमा साँसदहरू कान्तिका सेजुवाल, गणेश पराजुली, रणेन्द्र बराली, रमा कोईराला पौड्याल, रुक्मिणी राना बराईली, रेखा यादव, हेमराज राई सहित संसद सचिवालयका शाखा अधिकृत प्रविन राई, माईक सञ्चालक सागर दाहाल सहितको टोली आएको थियो । सो टोलीले पहिला उद्योग बाणिज्य संघका पदाधिकारीहरूसँग पनि छलफल गरि भन्सार र नाकामा पुगेर अध्ययन अवलोकन गरेको थियो । संघले भन्सार सहित जिल्लाका उद्योग, ब्यवसाय, उपभोक्ताका समस्या र पर्यटकिय क्षेत्रमा हुन सक्ने आर्थिक गतिविधिबारे समेत जानकारी गराइएको संघका बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?